२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाको ब्रिसबेननजिकै समुन्द्री विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु



अ+ अ-

सिड्नी । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको राजधानी शहर ब्रिस्बेननजिकै आइतबार एउटा हल्का विमान समुन्द्रमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

क्वीन्सल्याण्ड प्रहरीले मृत्यु हुनेमा दुई जना वयस्क पुरुष र दुई बालबालिका रहेको पुष्टि गरेको छ । विमान मङ्ग्रोभ पछाडि हराएको  थियो। चार सिटको सानो विमानले स्थानीय समय अनुसार बिहान ९ बजे ब्रिस्बेनको उत्तरमा रहेको रेडक्लिफ एयरपोर्टबाट उडान भरेको थियो ।

क्वीन्सल्याण्ड प्रहरीको विज्ञप्तिमा भनिएको छ, क्वीन्सल्याण्ड वाटर पुलिस अधिकारीहरू र राज्यको फोरेन्सिक क्र्यास युनिटहरूले अनुसन्धान जारी राखेका छन् । विमानको गोताखोरहरू पठाइएको छ ।

घटनाको लगत्तै पत्रकारहरूसँग कुरा गर्दै क्वीन्सल्याण्डका प्रहरी आयुक्त क्याटरिना क्यारोलले भनिन्, 'विमान सिमसार क्षेत्रमा निकै कठिन अवस्थामा छ र अहिले त्यस क्षेत्रमा प्रहरी र गोताखोरहरू परिचालन गरिएका छन् ।' (रासस-सिन्ह्वा)