८ असार २०८३, सोमबार
,
Latest
विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य उपचार गरेर फर्किए प्रधानमन्त्री, यो पटक पनि पत्रकारसँग कुरा गर्न मानेनन्



अ+ अ-

काठमाडौं । दुई साता सिंगापुरमा उपचार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किएका छन् ।प्रधानमन्त्रीसँगै नेकपाका सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायत प्रधानमन्त्रीलाई भेट्न पुगेका नेताहरू पनि स्वदेश फर्किएका छन्। उनीहरु सिंगापुरबाट थाइल्यान्ड हुँदै अपराह्न १२ बजे थाई एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायत विमानस्थलमा उपस्थित थिए ।यो पटक पनि प्रधानमन्त्रीले विमानस्थलमा पत्रकारसँग कुरा गर्न मानेनन्।

प्रधानमन्त्री ओली मृगौलाको थप उपचारका लागि भदौ ५ गते सिङ्गापुर गएका थिए । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।प्रधानमन्त्रीको स्वास्थ्य सामान्य र सुधारोन्मुख देखिएकाले उनी स्वदेश फर्किएका हुन्।

ओली यसअघि पनि सिंगापुरको सोही अस्पतालमा उपचार गर्न गएका थिए। त्यसबेला उनी एक साता उपचार गराएर साउन १८ मा फर्किएका थिए। १० दिनपछि प्रधानमन्त्री ओली फलोअप उपचारका लागि सिंगापुर गएका थिए। उनले सिंगापुरबाटै दुईपटक मन्त्रिपरिषद्का सदस्यसँग भिडियो कन्फरेन्स गरेका थिए।




न्यूजपोलारबाट थप समाचार