८ असार २०८३, सोमबार
,
Latest
विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी अमेरिका पुग्यो



अ+ अ-

काठमाडौं । बहामसमा विध्वंस निम्त्याएको शक्तिशाली समुद्री आँधी डोरिअन संयुक्त राज्य अमेरिका पुगेको छ। डोरिअनले साउथ र नर्थ क्यारोलाइनामा ठूलो वर्षा निम्त्याएको छ।साउथ क्यारोलाइनाको चार्ल्सटनमा दुई पटक ठूलो उचाइमा समुद्री छाल आएर गएको छ।

क्याटगरी टु आँधी बिस्तारै उत्तरसँगै अमेरिकाको पूर्वी तटीय क्षेत्रतर्फ बढिरहेको छ।मौसमविद्‌हरूले केही क्षेत्रमा खतरनाक आँधीको सम्भावना औँल्याएका छन्।

डोरिअन स्थानीय समय अनुसार बिहीवार साँझ र शुक्रवार नर्थ क्यारोलाइनाको तटीय क्षेत्रनजिक अथवा माथि पुग्न सक्ने एनएचसीले जनाएको छ।

अधिकारीहरूका अनुसार बिहीवार बिहान साउथ क्यारोलाइनको तटीय क्षेत्रनजिक पर्ने स्थानका एक लाखभन्दा बढी मानिसहरू बिजुलीविना बस्न बाध्य भएका थिए।सामाजिक सञ्जालमा राखिएको भिडिओ फूटेजमा मध्य चार्ल्सटनमा बाढी आएको देखिन्छ।पूर्वी तटीय क्षेत्रतिरका २२ लाखभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सर्न आदेश दिइएको छ।

अबका केही दिनभित्र डोरियन कमजोर हुँदै जाने अपेक्षा गरिएको छ।अघिल्लो दिन प्रतिघण्टा ११५ किलोमिटर वेगसहितको हावाहुरी चलेकोमा अहिले १०५ किलोमिटरमा झरेको छ।

बहामसमा तथ्याङ्क राख्न थालिएयताकै शक्तिशाली आँधीको रूपमा सेप्टेम्बर १ तारिखमा डोरिअन प्रवेश गरेको थियो।त्यतिबेला त्यसले प्रतिघण्टा १८५ किलोमिटरको वेगसहित हावाहुरी निम्त्याएको थियो।

दुई दिनसम्म त्यसले अबाको टापु र ग्र्याण्ड बहामामा असर पुर्‍याएको थियो।




न्यूजपोलारबाट थप समाचार