८ असार २०८३, सोमबार
,
Latest
विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली स्वदेश फर्किदै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट उपचारगरी शुक्रबार फर्किने भएका छन् । थाई एयरवेजबाट प्रधानमन्त्री ओली सिंगापुरबाट थाइल्यान्ड हुँदै अपराह्न आइपुग्ने बालुवाटार स्रोतले जनाएको छ ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराएका प्रधानमन्त्री ओली भदौ ५ मा मृगौलासम्बन्धी एन्टिबडीको उपचार गर्न सिंगापुर गएका थिए। उपचारकै क्रममा प्रधानमन्त्रीले दुईपटक टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्का सदस्यहरूसँग सरकारका कामबारे छलफल गरेका थिए।

स्वास्थ्य स्थिति बुझ्न सिंगापुर गएका सत्तारूढ नेकपाका नेताद्वय वामदेव गौतम र विष्णुप्रसाद पौडलसमेत प्रधानमन्त्रीसँगै फर्कने जानकारी स्रोतले दिएको छ। प्रधानमन्त्रीका साथमा उनकी पत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत छन्। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाह भने यसअघि नै फर्किसकेका छन्।




न्यूजपोलारबाट थप समाचार