२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

विज्ञका कुरा सुन्दैनन् सांसद !



अ+ अ-

काठमाडौं । सांसदहरू विषयगत समितिका बैठकमा ढिला आउँछन्। बैठक अवधिभर पनि बस्दैनन्। यही दृश्य बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा देखियो। बैठक ३ घण्टा ५० मिनेट बस्यो। बैठकको विषय थियो- पशुपति क्षेत्रभित्रका मूर्त कलाकृतिबारे छलफल।

२२ संघसंस्थाका विज्ञ बोलाइएका थिए। गृह, पर्यटन तथा नागरिक उड्डयन, भूमिव्यवस्था, सहरी विकास मन्त्रालयका सचिव, नेपाल प्रहरीका महानिरीक्षक, काठमाडौंबाट निर्वाचित सांसद उपस्थित थिए। समितिको बैठक कक्षमा नअट्ने भएपछि सार्वजनिक लेखा समितिको बैठक कक्षमा छलफल गरियो। समितिका १६ सांसदसहित ६० भन्दा बढी विज्ञ सहभागी थिए।

विज्ञ निर्मला पोखरेल र डा. सन्ध्या खनालले पशुपतिनाथ मन्दिरमा रहेका मूर्त अमूर्त सम्पदाबारे कार्यपत्र सुरुमा प्रस्तुत गरे। उनीहरूले त्यहाँको सम्पदा संरक्षण अभावमा जोखिममा रहेको बताए। तर, कुरा सुन्न सांसद बैठकमा बसेनन्। एक घण्टा नबित्दै बाहिरिन थाले। दुई घण्टा बित्दा सांसद बसेका अधिकांश कुर्सी खाली भए। समितिका २५ सदस्यमध्ये १६ जना सहभागी थिए। तर, हाजिर लगाउँदै बैठकबाट बाहिरिए।

समिति सभापति पवित्रा निरौला खरेल, सदस्यहरू अग्निप्रसाद सापकोटा, उमा रेग्मी, नारद राना, निर्जला राउत, पुष्पा भुसाल, भीम रावल, माधवकुमार नेपाल, मोहन बानियाँ, रेनुका गुरुङ, बोधमायाकुमारी यादव, सरलाकुमारी यादव, सानु सिवा, सुजिता शाक्य, सुदन किराती र सुरेन्द्रकुमार कार्कीले हाजिर गरेका छन्। यीमध्ये सभापति खरेल, सदस्य सरलाकुमारी यादव, सिवा र शाक्य मात्रै अन्तिमसम्म थिए। विज्ञ र काठमाडौंबाट निर्वाचित तीन सांसद कृष्णगोपाल श्रेष्ठ, कृष्ण राई र बिना श्रेष्ठ अन्तिमसम्म देखिए।

समिति सभापति खरेलले विषयको गम्भीरता बुझेर बैठकमा भाग लिन आग्रह गरिन्। ‘विषयको गाम्भीर्य हामीले बुझाउन सकेनौं कि अथवा अन्य केही कारण भयो ? माननीयज्यूहरू लगातार संसद् बस्दा व्यस्तै हुनुहुन्छ। खाली हुनासाथ जिल्ला जानुपर्छ। मन्त्रालयभित्र धेरै काम गर्नुपर्दा कार्यक्रममा बस्न सक्नुभएन कि !’, उनले भनिन्, ‘यति गम्भीर विषयमा बसेको भए हुन्थ्यो।’ कतिपय सांसद आफूलाई बिदा मागेरै बैठकबाट बाहिरिएको उनले बताइन्। ‘केही सांसदले औषधि खानुपर्ने भएका कारण बिदा मागेर जानुभयो। केहीको बैठक जुध्यो’, उनले भनिन्, ‘तर, म बारम्बार आग्रह गरिरहेको छु, बैठकमा पूरै समय बसिदिनुहोस्।’

‘पुरातात्विक सम्पदाको संरक्षण गरौं’

बैठकमा सहभागी सांसदले सम्पदा संरक्षण गर्न सके मात्रै ‘सुखी नेपाली समृद्ध नेपाल’को लक्ष्यमा पुग्न सकिने बताए। ‘पशुपतिनाथ क्षेत्र संरक्षणको आवश्यक देखियो’, सांसद सुजिता शाक्यले भनिन्, ‘नजिकको देवता हेला भनेजस्तो भएको छ। यहाँ विश्वका हिन्दू आउने तीर्थ हुँदाहुँदै हामी बद्रीनाथ केदारनाथ जान्छौं। पशुपतिनाथलाई ध्यान दिऔं।’

सांसद कृष्णगोपाल श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवस्था अस्तव्यस्त भएकोमा चिन्ता व्यक्त गरे। ‘पशुपतिनाथको अवस्था कस्तो छ भनेर जान्न किरिया बस्ने घरको शौचालय हेरे हुन्छ’, उनले भने, ‘पशुपतिलाई विश्वका हिन्दू आउने ठाउँ बनाउनतर्फ हामीले ध्यान दिनुपर्छ। सम्पदाप्रेमीको नाम दिँदै विभिन्न समूहले सम्पदा निर्माणमा भाँजो हालेको उनको भनाइ थियो।

‘धरहरा बनाउँछु भन्दा सम्पदाप्रेमीको नाममा धरहरा बनाउन नदिने रे। को हो त्यो सम्पदाप्रेमी ? सुन्धारामा पानी आउन रोक्ने रु रानीपोखरी बनाउन रोक्ने ? सम्पदाप्रेमीको नाममा बाधा खडा गर्ने ? ’, उनले भने, ‘धरहरा ढलेको हो। नेपालीको मन ढलेको छैन। हामी धरहरा बनाउँछौं। रानीपोखरी बनाउँछौं। सुन्धारामा पानी आउँछ।’, समाचार अन्नपुर्ण पोष्ट प्रकाशित छ ।