२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समीक्षकहरूको नकारात्मक टिप्पणीका बाबजुद साहोले कमायो तीन दिनमा २ सय करोड



अ+ अ-

श्रद्धा कपुर र प्रभास स्टारर ‘साहो’ फिल्मले रिलिजको तीन दिनमा २ सय करोड कमाइ गरेको छ। भारतमा मात्रै हिन्दी संस्करणको फिल्मले ८० करोड कमाएको छ। सुजितको निर्देशनमा बनेको फिल्म शुक्रबार रिलिज भएको थियो। हिन्दीका साथै तमिल र तेलुगु भाषामा समेत यसको प्रदर्शन भएको छ।

खासगरी फिल्मको एक्सनलाई रुचाइएको छ। साहो तीन सय ५० करोडको बजेटमा करिब दुई वर्षमा बनेको थियो।

तर फिल्मको कथावस्तु र पटकथा कमजोर भएका कारण ‘साहो’का लागि प्रभासले दुई वर्ष व्यर्थमा समय नष्ट गरेको प्रतिक्रिया पनि छ। भारतका चर्चित समीक्षक तरण आदर्शको प्रतिक्रिया छ, ‘साहो सहनै नसकिने फिल्म हो। प्रतिभा, ठूलो पैसाको बर्बाद भयो। कमजोर कथा, भ्रामक पटकथा र कमजोर निर्देशन।’समीक्षकहरूको नकारात्मक टिप्पणीका बाबजुद साहोले उत्साहजनक व्यापार गर्ने लक्षण देखाएको छ।