८ असार २०८३, सोमबार
,
Latest
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङ्‌कङमा प्रहरी-प्रदर्शनकारी झडप, अश्रुग्यास र रबरको गोली प्रहार



अ+ अ-

काठमाडौं । हङ्‌कङमा जारी प्रर्दशनका कारण मेट्रो स्टेशनहरू आइतवार बन्द भएका छन् । प्रहरीले एउटा मेट्रो स्टेशनमा प्रवेश गरेर धरपकड गरेको र पिरो वस्तु छरिदिएपछि स्टेशनहरू बन्द गरिएको हो ।

उक्त बस्तुबाट ३१ जना घाइते भएका छन् । हाल १८ जना अस्पतालबाट घर फर्काइएका छन् भने थप आठजनाको अवस्था स्थिर रहेको बताइएको छ।


प्रदर्शनमा उत्रिएका दशौँ हजार मानिसलाई हङ्‌कङको दङ्गा प्रहरीले अश्रुग्यास, रबरको गोली र पानीको फोहोरा प्रयोग गरेको थियो।तर हङ्‌कङका अधिकारीहरूले कानुनी शासन कायम गराउने बताएका छन् र मानिसहरूलाई हिंसा अस्वीकार गर्न आग्रह गरेका छन्।


चिनियाँ राज्य सञ्चालित सञ्चार माध्यमले उक्त भूभाग नियन्त्रण बाहिर जाने खतरा बढेको भन्दै कानुन स्थापित गरिनुपर्ने समय आएको बताएका छन्।

अपराधमा सन्दिग्धहरूलाई मुद्दा चलाउन मुख्यभूमि चीन लग्न मिल्ने किसिमको सुपुर्दगी विधेयक आएपछि सुरु भएको आन्दोलन विधेयक स्थगित भएपछि पनि निरन्तर चलिरहेको छ।




न्यूजपोलारबाट थप समाचार