८ असार २०८३, सोमबार
,
Latest
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटीएम ह्‍याक प्रकरणः करिब साढे दुई करोड रकम चोरीयो



अ+ अ-

काठमाडौं । विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ ।

काठमाडौं परिसर टेकुको टोलीले आइतबार दरबारमार्गस्थित नबिल बैंकको एटीएममा पैसा निकालिरहेको अवस्थामा चिनियाँ नागरिक चु ल्याङयाङलाई पक्राउ गरेपछि ह्याकरको गिरोह फेला परेको हो । प्रहरीले चिनियाँ नागरिक लो च्याल, चु ल्याङया, छिल यूनछिङ, छन पिङपिलाई पक्राउ गरेको हो ।

प्रहरीले राजधानीका विभिन्न ठाउँबाट करिब दुई करोड रुपैयासहित पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार उनीहरुको साथबाट १३२ थान नक्कली एटीएम बरामद गरिएको छ ।

प्रहरीले उनीहरुको साथबाट सक्कली एटीएम १७, कार्ड पिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ था र सामसुङ मोबाइल १ थान बरामद गरेको छ ।




न्यूजपोलारबाट थप समाचार