८ असार २०८३, सोमबार
,
Latest
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार एयरको जहाजमा चराको प्वाँख देखिएपछि ग्राउण्डेड



अ+ अ-

काठमाडौं । कतारबाट काठमाडौं आएको कतार एयरको जहाजमा चराको प्वाँख देखिएपछि जहाज ग्राउण्डेड गरिएको छ ।

आइतबार बिहान ९ बजेतिर जहाज अवतरण भई पार्किङ लगेर राखिसकेपछि दायाँ तर्फको इन्जिनमा चराको प्वाँख देखिएको विमानस्थलका एक अधिकारीले जानकारी दिए ।

विमानमा चरा ठोकिएको बारे कतार एअरवेजका एअरपोर्ट म्यानेजर अर्पन दवाडीले भने, ‘कतारबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा एउटा इञ्जिनमा बर्ड स्ट्राइक भएपछि विमानलाई ग्राउण्डेड गरिएको छ । कतारबाट इञ्जिनियरहरुको टोली नेपाल हिँडिसकेको छ र प्राविधिक टोलीले जाँच गरेपछि विमानमा के कति क्षति भएको भन्ने थाहा हुन्छ ।’

उनीहरु अपरान्ह तीन बजे काठमाडौं आइपुग्ने बताइएको छ । इन्जिनियरले जाँचबुझ गरिसकेपछि मात्र जहाज उडाउने योजना रहेको उनले बताए ।




न्यूजपोलारबाट थप समाचार