८ असार २०८३, सोमबार
,
Latest
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा बाढी पसेपछि पठनपाठन अवरुद्ध



अ+ अ-

कावासोती । स्थानीय एक विद्यालयमा खोलाको बाढी पसेपछि त्यहाँको पठनपाठन अवरुद्ध भएको छ । नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिका–१, ढाडबेँसीमा रहेको जनजागृति माविमा खोलाको बाढी पसेपछि पठनपाठन अवरुद्ध भएको हो ।

आज बिहान ३ बजे अविरल वर्षापछि गोवन्दीखोलाको बाढी पसेर विद्यालयलामा क्षति
पुर्याएकाले पठनपाठन अवरुद्ध भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर डिस्वाले बताए । उक्त खोलाको बाढी पसेर विद्यालयको चार वटा कोठामा क्षति पुर्याएको थियो । विद्यालयको प्राङ्गणका साथै कक्षा १ देखि ४ सम्मका कोठा पूरै हिलो, गिट्टी, बालुवाले तीन फिटसम्म पुरेकोे उनले जानकारी गराए ।

उक्त विद्यालयमा करीब तीन सय विद्यार्थी अध्ययनरत छन् । अविरल वर्षापछि खसेको पहिरोका कारण बुलिङटार सडक पनि अवरुद्ध भएको बुलिङटार प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुबोध सापकोटाले बताए । पोखरीदेखि बुलिङटारसम्म जाने सडकको विभिन्न स्थानमा पहिरोले अवरुद्ध पारेकाले यस क्षेत्रका सवारीसाधान चल्न सकेका छैनन् ।

अर्खला, तल्लो अर्खलालगायत स्थानमा पहिराले राजमार्ग अवरुद्ध बनाएकाले पहाडी क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ ।




न्यूजपोलारबाट थप समाचार