२३ जेष्ठ २०८३, शनिबार
,
Latest
एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुटबन्दीमै अल्झियो काङ्ग्रेस, पूर्वमन्त्रीलाई कारवाहीको गर्न माग



अ+ अ-

सोलुखुम्बु । पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीलाई कारवाहीका लागि माग गरिएको छ । सोलु– काठमाडौँ सम्पर्क समितिले केसीलाई अनुशासनको कारवाही गर्न माग गरेको समितिका महासचिव रोशन थुलुङले जानकारी दिनुभयो ।

पार्टीको नियमावलीको बेवास्ता गर्दै समानान्तर सम्पर्क समिति गठन गरेर पार्टी हित विपरीत कार्य गरेको भन्दै समितिले कारवाहीका लागि केन्द्रीय अनुशासन समितिसमक्ष लिखित उजुरी दिएको हो । सोलु–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष मनोज खड्का, महासचिव रोशन थुलुङ र सचिव हरिप्रसाद कट्टेलले केसीविरुद्ध उजुरी दिनुभएको हो ।

वैधानिक रुपमा गठन भएको सम्पर्क समिति अस्तित्वमा रहँदै नयाँ नियमावलीसमेत पारित नभएको अवस्थामा मनोमानी ढङ्गले यही भदौ ७ गते समानान्तर समिति बनाएको भन्दै हदैसम्मको कारवाहीको माग गरिएको छ । निरन्तर पार्टी विपरीतका कार्य गरेको भन्दै कारवाहीका लागि माग गरिएको छ । पार्टीमा चरम गुटबन्दी भएका कारण सोलुखुम्बुमा काङ्ग्रेस कमजोर हुन पुगेको निवेदनमा उल्लेख गरिएको छ । सोलुखुम्बुमा विगतदेखिनै केसी र अर्का नेता आङ्गेलु शेर्पा पक्षबीच दुई धार भएर पार्टी सञ्चालन भइरहेको छ ।

केसी रामचन्द्र पौडेल पक्षधर र शेर्पा पार्टी सभापति शेरबहादुर देउवा पक्षधर मानिन्छन् । एकले अर्काको नेतृत्व स्वीकार गर्न नसक्दा पार्टीभित्रको समस्या जस्ताको तस्तै रहेको काङ्ग्रेसकै जिल्ला तहका नेता कार्यकर्ताको भनाइ छ । जिल्ला सभापति विनोदबाबु बस्नेतले भने पार्टी विधान अनुसारनै चलिरहेको कही कसैले विधान र नियमावली विपरीत कार्य नगरेको बताउनुभयो ।