८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थल पुनः ७ घन्टा बन्द, ओसाका उडानका लागि ३० मिनेट खोलिने



अ+ अ-

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग लगायतका जिर्णोद्वार कार्यको दोस्रो चरणको काम आगामी आइतबार ९सेप्टेम्बर १० देखि सुरु हुने भएपछि फेरि ७ घन्टा विमानस्थल बन्द हुने भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार आइतबारदेखि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द हुने भएको हो ।

तर, नेपाल वायुसेवा निगमले बिहीबारदेखि सुरु गरेको जापानको ओसाका उडानका दिन विमानस्थल मर्मतको कार्य आधा घन्टा स्थगन गरिने छ । ‘निगमको उडान भएको दिन मंगलबार, बिहीबार र शनिबार राति २ बजे जिर्णोद्वार तथा मर्मत कार्य रोकिने छ,’ महाप्रबन्धक क्षत्रीले भने, ‘साढे २ बजे जहाज उडेपछि फेरि मर्मत सुचारु गरिने छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण मातहतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका अनुसार, विमानस्थल रिह्याबिलिटेसन (जिर्णोद्वार) को काम भदौ १५ देखि सुरु भई पुस १५ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा ७ घन्टा विमानस्थल बन्द हुने छ । दोस्रो चरणमा धावनमार्गको मध्यरेखामा लाइट राख्ने, ट्याक्सी–वे, एप्रोन र धावनमार्ग जोड्ने लिंक रोड, धावनमार्गसँग जोडिएका ड्रेन र्ममर्त आदिको काम हुने छ।

यसअघि तीन महिना ९चैत ११ देखि असार १६ गतेसम्म० १० घन्टा आंशिक उडान बन्द गर्दै पहिलो चरणको धावनमार्ग रिह्याबिलिटेसन ९जीर्णोद्वार० को काम गरिएको थियो । पहिलो चरणमा चिनियाँ ठेकेदार कम्पनीले ३ हजार ५० मिटर लामो तथा ४५ मिटर चौढाई भएको धावनमार्गमा मध्यरेखाबाट दायाँबायाँ २० मिटर चौडाई तथा २० सेन्टिमिटर खनेर उच्च गुणस्तरको बिटुमिन राखेको थियो।

चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले मनसुन सुरु भएकाले पहिलो चरणको जीर्णोद्वारको काम असार १६ पछि रोकेको थियो। उस्ले दोस्रो चरणको काम भदौ १५ पछि गर्ने भनेको थियो । पहिलो चरणमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको ३ हजार ५० मिटर लामो धावनमार्ग मर्मत कार्य सकिसकेको छ। त्यसपछि काठमाडौं विमानस्थल २१ घन्टा पुनः सञ्चालनमा ल्याइएको थियो ।

निगमलाई जापानको ओसाका विमानस्थलले दिएको समय तालिका फेर्न नमिल्ने भएकाले प्राधिकरणले नेपाल सरकारको निर्देशन अनुसार, ठेकेदार कम्पनीसँग आग्रह गरेर राति आधा घन्टा मर्मत कार्य रोक्नुपरेको हो । निगमको राति साढे २ बजे उडेको विमान अर्को दिनको साँझ ६ बजेपछिमात्रै काठमाडौं फर्किन्छ । यो रुटको एकतर्फी उडान समय ७ घण्टाको हाराहारी लाग्छ । अर्थात काठमाडौंबाट राति उडेको वाइडबडी कम्तीमा १५ घन्टापछि अर्को दिन बेलुकी मात्रै ओसाकाबाट फर्केर आइपुग्छ।

निगमका अनुसार, काठमाडौंबाट बिहान साढे २ बजे निगमको वाइडबडी ओसाकाका लागि उडाउने र त्यहाँको स्थानीय समयअनुसार दिनको ११ बजेर ५५ मा ओसाका पुग्छ । त्यस्तै ओसाकाबाट स्थानीय समयअनुसार दिउँसो १ बजेर ५५ मा उडान गरेर त्यही दिन साँझ ६ बजे काठमाडौं जहाज काठमाडौं आइपुग्छ । आयोजनाका अनुसार, अब घामपानीका कारण धावनमार्गको पिच उप्किने, जहाज होल्डमा राख्नुपर्ने समस्या छैन ।

सबै कार्य समयभित्रै सकिए पुस १५ पछि काठमाडौं विमानस्थल चौबिसै घण्टा सञ्चालन गर्न सकिनेछ । प्राधिकरणले यो जिर्णोद्वारले धावनमार्ग कम्तीमा २० वर्षसम्म चौबिसै घण्टा सञ्चालन गर्न सकिने क्षमताको बन्ने भनेको छ । यो ठेक्का चिनियाँ कम्पनीले ३ अर्ब ७८ करोड रुपैयाँमा सकारेको थियो। यो रकम नेपाल सरकारकै स्रोतबाट हो ।