८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक गुणस्तर सुधार गर्न सबै एकजुट बनौं: सभामुख शाही



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारमा जोड दिनुपर्ने बताएका छन् । वीरेन्द्रनगर–१२ नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयको ५९औँ वार्षिकोत्सवमा उहाँले शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवाला सबै एकजुट बन्नुपर्ने बताएका हुन् ।

“राज्यले वर्षेनी करोडौँ बजेट विद्यालय शिक्षामा लगानी गरे पनि सन्तोषजनक उपलब्धि देखिएको छैन”, सभामुख शाहीले भने, “शैक्षिक गुणस्तर सुधार गर्न राज्यमात्र नभई शिक्षक, विद्यार्थी, अभिभावक सबै चिन्तित बन्नुपर्ने अवस्था आएको छ ।” उनले गुणस्तरीय शिक्षाबिना कर्णाली प्रदेश समृद्ध बन्न नसक्ने विचार व्यक्त गरे ।

नेपाली भाषाको उद्गम थलो भएकै प्रदेशका विद्यार्थीहरु नेपाली विषयमा नै कमजोर हुनु दयनीय अवस्था भएको उनले बताए । उनले स्थानीय र प्रदेश सरकारले विद्यालय तहको नतिजामा सुधार ल्याउन विशेष कार्यक्रमको खाँचो औँल्याए । सभामुख शाहीले विभिन्न परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा अतिरिक्त क्रियाकलापका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यले कर्णाली प्रदेशभरिका विद्यार्थी अध्ययन गर्न आउने भएकाले अमरज्योतिमा भौतिक पूर्वाधारको विकासका लागि पहल गर्न सभामुखलाई आग्रह गरे ।