८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै कांग्रेस सांसद थापा धर्नामा



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को सडक तत्काल बनाउन माग गर्दै नेपाली कांग्रेसका सांसद गगन थापा धर्नामा बसेका छन् । उनीसहित काठमाडौंका ४ का स्थानीयबासीले पुल्चोकस्थित सडक विभागको कार्यालयमा धर्ना दिएका छन् । ठेक्का लागेको ९ बर्ष बितिसक्दा पनि सडक नबनाएको विरोधमा सांसद थापाको नेतृत्वमा काठमाडौं ४ का जनताले धर्ना दिएका हुन् ।

काठमाडौं ४ अन्र्तगत कपन र बुढानीलकण्ठ क्षेत्रमा १२ ओटा सडक विस्तारका क्रममा छन् । तर ठेक्का लागेको लामो समय भइसक्दा पनि काम भने अझै सम्पन्न भएको छैन । पटकपटक ताकेता गर्दा पनि शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनीले काम सकेका छैन । तर सडक विभागले फेरि म्याद थप गरेपछि सांसद थापाको नेतृत्वमा उपभोक्ता र स्थानीय सरोकारवालाले सडक विभागमा धर्ना दिएका हुन् ।

करिव एक घन्टा धर्ना दिएपछि अहिले सांसद थापासहितका प्रतिनिधि र सडक विभागका अधिकारीहरु छलफलमा बसेका छन् । कांग्रेस सांसद थापाले अझै आफूहरुको माग सुनुवाई नभए सडक विभाग र मन्त्रालयबिरुद्ध सुरु भएको सडक संघर्षलाई सिंहदरबार भित्र लैजाने चेतावनी दिए ।