८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो… अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु राज्यका कुनै पनि निकायका निर्णयहरू पूर्वाग्रह र प्रतिशोध प्रेरित हुनुहुँदैन: प्रदीप ज्ञावली आधिकारिक छाप र लेटरप्याडको दुरुपयोगप्रति राप्रपाको ध्यानाकर्षण गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेसलाई व्यवस्थित र मर्यादित बनाउन मिडिया काउन्सिल विधेयक: सञ्चारमन्त्री बास्कोटा



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर नबनाउने बताएका छन् । राष्ट्रियसभामा सांसदरुले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउन यो विधेयक ल्याइएको बताए ।

मिडिया आफैं बहकिएर स्वतन्त्रताको नाममा स्वच्छन्दतालाई प्रेसको परिभाषाभित्र अनुबन्धित गर्न खोज्दा विश्वसनीयतामाथि प्रश्न उठेनको उनले बताएका हुन् । कारवाही प्रक्रियाबारे उजुरी, जाँचबुझ, मिलापत्र, स्पष्टिकरण र क्षतिपूर्ति वा जरिवानाका विषय राखिएको भन्दै उनले क्षतिपूर्ति र दण्ड जरिवानााई अदालती प्रक्रियामा लैजान सकिने बताए ।

तर पत्रकारिता भन्दा मिसनकारितामा मिडियाको दुरुपयोग बढ्दै गएको भन्दै सञ्चारमन्त्री बास्कोटाले स्वतन्त्र प्रेसको नाममा हुने लोकतन्त्र विरोधी कार्र्य स्वीकार नहुने बताए । ‘जसलाई जे पनि भनेको छ, जे पनि आरोप लगाएको छ । जवाफदेहीता छैन, उत्तरदायित्व छैन । संविधान खारेज गरौं, अर्को चीज ल्याऊँ । यो पनि पत्रकारिता हो ?’

उनले भने, ‘यसलाई अलिकति नियन्त्रण गर्न खोज्यो भने प्रेस स्वतन्त्रतामाथि धावा बोल्यो भनिन्छ । त्यस्तो हो ? म सोध्न चाहन्छु ।’