२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो जापान उडानमै १ करोड घाटा



अ+ अ-

काठमाडौँ । जापानको ओसाकामा १२ वर्षपछि व्यावसायिक उडान प्रारम्भ गरेको नेपाल वायुसेवा निगमको वाइडबडी ४० जना यात्रु बोकेर बिहीबार साँझ काठमाडौं फर्किएको छ ।

निगमको विमान बिहीबार बिहान साढे २ बजे १ सय ४६ यात्रु लिएर जापानको ओसाकातर्फ उडेको थियो । जापानले नेपाललाई ओसाका र नारितामा सातामा १४ वटा उडान अनुमति दिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ३ सय यात्रु क्षमताको वाइडबडी विमानले जापानमा वार्षिक कम्तीमा २ लाख यात्रु एकतर्फी उडान गर्न सक्ने अनुमति नेपालसँग छ ।

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित यात्रु बिदाइ कार्यक्रममा जापानमा वार्षिक ३५ हजार सिट बिक्रीको लक्ष्य राखेको बताए । निगमका सहप्रवक्ता सुलेख मिश्रले पुसदेखि निगमले नारितामा पनि उडान गर्न लागेको बताए । ओसाका राजधानी टोकियोदेखि ६ सय किलोमिटर दूरीमा पर्छ ।

यी दुई सहरको सडकयात्रा साढे ७ घण्टा हाराहारी पर्छ । निगमका अनुसार जापानमा कम्तीमा ८० हजार नेपाली रहेको अनुमान छ । यीमध्ये ४५ प्रतिशत हाराहारी टोकियो आसपास र ३० प्रतिशत हाराहारी ओसाका, नागोया, हिरोसिमालगायत सहरमा रहेकाले निगमले पुसदेखि नारिता उडान थाल्ने जनाएको छ ।

निगमले काठमाडौं–ओसाकाका लागि एकतर्फी हवाई भाडा ३७ हजार र दुईतर्फी ७२ हजार तोकेको छ । निगमका लागि जापानका कन्ट्री म्यानेजर सन्तोष पाण्डेका अनुसार निगमले उडान थाल्नुअघि जापान सिधा उडान नभएकाले हङकङ वा बैंकक हुँदै जानुपर्ने बाध्यता थियो । यसरी जाँदा एकतर्फी भाडा ४० देखि ६० हजार तथा दुईतर्फी ८० देखि ९० हजारसम्म पर्छ । विदेशी वायुसेवा कम्पनीले दसैंताका दुईतर्फी भाडा १ लाख रुपैयाँसम्म पुर्‍याउने गर्छन् ।

निगमले दसैंअघि प्रवर्द्धनात्मक भाडादर तोकेको छ । एक अधिकारीका अनुसारनिगमले सुरुवाती चरणमाअत्यधिक घाटा बेहोर्दै जापान उडान थालेको छ । निगमको वाइडबडी उडानमा प्रतिघण्टा साढे १६ लाख रुपैयाँ सञ्चालन खर्च लाग्छ । यसअनुसार सात घण्टा हाराहारीको एकतर्फी उडानमा कम्तीमा १ करोड १५ लाख रुपैयाँ सञ्चालन खर्च बेहोर्नुपर्छ ।

‘बिहीबार ओसाकाबाट फर्किंदा निगमले प्रतियात्रु ३७ हजार रुपैयाँ दरको टिकटमा ४० जना यात्रुबाट १४ लाख ८० हजार रुपैयाँ मात्रै उठाउँदा १ करोड रुपैयाँ घाटा बेहोर्नुपर्‍यो,’ ती अधिकारीले भने, ‘बिहीबार बिहानको पहिलो उडानमा पनि कम्तीमा ७० लाख घाटा बेहोर्नुपर्‍यो ।’

पहिलो उडानमा निगमले पर्यटन राज्यमन्त्री धनबहादुर बुढासहित ५ जना सांसद, तीन जना सहसचिव सुरेश अचार्य, विश्वराज ढकाल, रोशन खनाल, २० जना पर्यटन व्यवसायीसहित ५७ जनालाई आफ्नै खर्चमा जापान भम्रणमा सहभागी गराएको छ । उनीहरू सबै शनिबारको उडानमा काठमाडौं फर्किने कार्यक्रम छ ।

कार्यकारी अध्यक्ष खरेलका अनुसार पहिलो उडानमा पर्यटनमन्त्री योगेश भट्टराईले नेकपाका सुदन किराती र भवानीप्रसाद खापुङ, नेपाली कांग्रेसका रमेशजंग रायमाझी, राजपाकी नरमाया ढकाल र समाजवादीका प्रदीप यादवलाई अन्तिम समयमा सहभागीगराएका थिए ।

निगमको वाइडबडी विमान जापानको ओसाका उडेसँगै सातवटा मुलुकमा निगमका नौ वटा अन्तर्राष्ट्रिय रुट पुगेका छन् । जहाज अभावलगायत व्यवस्थापकीय कमजोरीका कारण निगमले ०६३ चैत २९ पछि ओसाका उडान स्थगन गरेको थियो । यसअघि निगमले ०५१ कात्तिक १३ गते काठमाडौंबाट चीनको सांघाईमा अवतरण गर्दै जापानका लागि (इन–डाइरेक्ट) उडान गरेको थियो ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।