२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिडियो कन्फरेन्स मार्फत प्रधानमन्त्री ज्यूको स्वास्थ्य लाभको कामना गर्यौ : मन्त्री बाँस्कोटा



अ+ अ-
laxLaf/ l;+xb/af/df g]kfn ;/sf/åf/f cfof]lht kqsf/ ;Dd]ngdf dlGqkl/ifb\n] u/]sf lg0f{o ;fj{hlgs ub}{ ;~rf/ tyf ;”rgf k|ljlwdGqL uf]s’nk|;fb af:sf]6f . t:jL/ M rGb|snf If]qL, sf7df8f}F, /f;;

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भिडियो कन्फरेन्स मार्फत मन्त्रीपरिषद बैठक नबसेको बताएका छन् । गत सोमबार नेपालकै ईतिहासमा मन्त्रीपरिषद बैठक भिडियो कन्फरेन्स मार्फत भएको थियो । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सुधार उन्मुख भएको बताएका थिए ।

‘भिडियो कन्फरेन्स मार्फत बैठक भयो, प्रधानमन्त्री ज्यूको स्वास्थ्य लाभको कामना हामीले गर्यौ, प्रधानमन्त्री ज्युले आफ्नो स्वास्थय स्थित सुधार उन्मुख छ, प्रगति उन्मुख रहेको बताउ्रँनुभयो’ सञ्चारमन्त्री बाँस्कोटाले बैठक पश्चात गत सोमबार भनेका थिए ।

तर बिहीबारको प्रतिनिधिसभा बैठकमा मन्त्री बास्कोटाले बैठक नभई ‘हेल्लो हाय’ मात्रै भएको बताएका छन् । मन्त्रिपरिषद्को बैठक नबसेको जिकिर गर्दै उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रूपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि पोखेका छन् ।

तर भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका थिए भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए् । त्यस दिन मन्त्री बाँस्कोटाले समेत बैठक भएको स्वीकार गरेका थिए ।

यसैगरी बैठकमा मन्त्रीहरुले आफ्नो मन्त्रालयको काम, समस्या लगायतका बिषयमा छोटो छलफल भएको बताउँदै उनले मन्त्रीहरुको कुरा सुनेर प्रधानमन्त्री ओलीले आवश्यक निर्देशन दिएको मन्त्री बाँस्कोटाले बताएका थिए ।
बैठक सम्पन्न भएलगतै प्रधानमन्त्री ओलीले समेत टिवट गर्दै प्रविधि र प्राबिधिकलाई धन्याबाद दिएका थिए ।

‘प्रविधि र प्राबिधिकलाई धन्याबाद दिन चाहन्छु । आज पहिलो चोटी सिंगापुरबाट टेलिप्रिजेन्स मार्फत मन्त्रिपरिषद बैठक बस्न सकियो । मन्त्रिपरिषदका सबै सहभागी साथीहरुलाई धन्यवाद । प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयका सबै सहयोगीहरुलाई धन्याबाद ।’ प्रधानमन्त्री ओलीले आफ्नो टिवटमा लेखेका थिए ।

यसैगरी प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले पनि ‘सिंगापुर देखी काठमाडौंः पहिलो पटक टेलिकन्फ्रेन्स मार्फत मन्त्रिपरिषद बैठक बस्दै’ भन्दै बैठकका केही तस्बिर टिवट गर्दै सार्वजनिक गरेका थिए ।

तर नियमित रुपमा मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक हुदै आएको भए पनि बिहिबार मन्त्री बास्कोटाले गत साताको पत्रकार सम्मेलनयता मन्त्रीपरिषद बैठकले कुनै निर्णय नगरेकाले प्रत्येक बिहिबार हुदै आएको पत्रकार सम्मेलन स्थगित भएको भन्दै बिहिबार टिवट गरेका छन् ।

यस अघिको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीले स्वदेश वा बिदेश भ्रमणका क्रममा भए पनि ‘भिडियो कन्फरेन्सीङ’ लगायतका सूचना प्रविधिको प्रयोग गरी मन्त्रीपरिषद बैठक गर्न सकिने गरी नियमावली संशोधन गर्ने निर्णय भएको थियो ।

यस अघिको मन्त्रीपरिषद बैठकले नेपाल सरकार ९कार्यसम्पादन० नियमावली , २०६४ मा संशोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको अवस्थामा समेत भिडियो कन्फरेन्सीङ लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था थप गर्ने निर्णय गरेको थियो ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।