८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा सल्यानले पूर्णता पायो



अ+ अ-

सल्यान । सल्यानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्णता पाएको छ । नेकपाको जिल्ला कमिटीको बैठकले जिल्लाका १० वटा स्थानीय तहका सङ्गठनमा पदाधिकारी चयनसँगै जिल्लामा नेकपाले पूर्णता पाएको हो ।

सदरमुकाम खलङ्गामा आयोजित नेकपाको जिल्ला कमिटीको बैठकले पूर्वएमाले अध्यक्ष भएको ठाउँमा पूर्वमाओवादीको सचिव र पूर्वमाओवादीको अध्यक्ष हुने स्थानीय तहमा पूर्वएमालेको सचिव रहने गरी स्थानीय कमिटीहरुको टुङ्गो लगाएको हो ।

पूर्वएमालेबाट बागचौर, कपुरकोट, त्रिवेणी, सिद्धकुमाख र छत्रेश्वरी तथा पूर्वमाओवादीबाट शारदा, बन्गाड कुपिण्डे, दार्मा, कुमाख र कालीमाटीमा नेतृत्व लिने गरी सहमति भएको नेकपा जिल्ला अध्यक्ष गोविन्द पुनले जानकारी दिए।

नेकपाले शारदा नगरपालिकामा नवीनसिंह भडेल अध्यक्ष र यौव प्रकाश श्रेष्ठ सचिव, बागगचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष र सचिव लोकमान बुढाथोकी, वननगाड कुपिण्डे नगरपालिकामा कृतिबहादुर राना अध्यक्ष र गुञ्जमान बुढालाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै कपुरकोट गाउँपालिकामा घनश्याम शर्मा अध्यक्ष र तीर्थराज बस्नेत सचिव, त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का अध्यक्ष र अजय रोका सचिव, सिद्धकुमाख गाउँपालिकामा जीतबहादुर चलाउने अध्यक्ष र रामबहादुर बस्नेत सचिव तथा छत्रेश्वरी गाउँपालिकामा ओझबहादुर बुढाथोकी अध्यक्ष र प्रेम खड्कालाई सचिवको जिम्मेवारी प्रदान गरिएको नेकपा सल्यानले जनाएको छ ।

नेकपाले दार्मामा असवीर बुढाथोकी अध्यक्ष र दलबहादुर केसी सचिव, कुमाखमा चन्द्रबहादुर राना अध्यक्ष र भैरव शाह सचिव एवम् कालीमाटीमा शालिकराम भट्टराई अध्यक्ष र गेहेन्द्र केसीलाई सचिवको जिम्मेवारी प्रदान गरेको छ ।

बैठकपछि कुरा गर्दै नेकपा सल्यानका अध्यक्ष गोविन्द पुनले कमिटीका अन्य सदस्यको टुङ्गो अहिले चयन भएका अध्यक्ष र सचिवले लगाउने बताए। “जिल्लामा नेकपाले पूर्णता पाएको छ अब पार्टी गतिविधिले गति लिन्छ”, अध्यक्ष पुनले भने ।