८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोपीडितलाई आर्थिक सहयोग



अ+ अ-

दोलखा । जिल्लाको गौरीशङ्कर गाउँपालिका जुँगुका पहिरोपीडितका लागि वैदेशिक रोजगारीको सिलसिलामा रहेका दोलखाली युवाहरुले आर्थिक सहयोग गरेका छन् । अष्ट्रेलिया, जापान र दुबईमा रहेका दोलखाली युवाहरुले पहिरोपीडितका लागि आर्थिक सहयोग गरेका हुन् ।

दोलखा समाज जापानका महासचिव रोशन थापाको अगुवाइमा सङ्कलन भएको रु एक लाख, अष्ट्रेलियामा रहेका जिल्लाका युवा राजकुमार खड्का र विष्णु थापाको पहलमा सङ्कलन भएको रु एक लाख २७ हजार ३३० र दोलखाली समाज युएईका अध्यक्ष नवराज बस्नेत र महासचिव सन्तोष भुजेलको अगुवाइमा सङ्कलन भएको रु ४१ हजार ५९२ र सोही समाजका सचिव लोकप्रसाद दाहालको अगुवाइमा सङ्कलन भएको रु २७ हजार ५०५ गरी रु दुई लाख ९६ हजार ४२२ पहिरोपीडितलाई सहयोग गरेको दोलखा समाज जापानका महासचिव रोशन थापाका दाजु राजेश थापाले जानकारी दिनुभयो ।

बुधबार सदरमुकाम चरिकोटमा आयोजित एक कार्यक्रमका बीच सहयोगवापत प्राप्त रकम गाउँपालिकाकी उपाअध्यक्ष उर्मिला थामीलाई हस्तान्तरण गरिएको थियो । रकम पहिरोपीडितको राहत र पुनःनिर्माणका लागि राहत कोषमा जम्मा गरिने उपाअध्यक्ष थामीले जानकारी दिनुभयो । कार्यक्रममा पूर्वराज्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाकी इन्चार्ज देवी खड्का र प्रदेशसभा सदस्य विशाल खड्काको उपस्थितिमा रकम हस्तान्तरण गएिको थियो ।