२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया काउन्सिल विधेयक पेस हुँदै



अ+ अ-

काठमाडौँ । नेपाल पत्रकार महासंघसहित सञ्चार क्षेत्रका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएको मिडिया काउन्सिल विधेयक बिहीबार राष्ट्रिय सभामा पेस हुने भएको छ । राष्ट्रिय सभा बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विधेयक पेस गर्ने कार्यसूची तय भइसकेको छ ।

महासंघले उक्त विधेयकका प्रावधानहरूले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्ने भन्दै चरणबद्ध आन्दोलन नै गरेको थियो । वैशाख २७ मै राष्ट्रिय सभाको सचिवालयमा दर्ता भएको उक्त विधेयक महासंघकै विरोधका कारण अगाडि बढ्न सकेको थिएन । नेकपाका नेताहरूले विधेयक सच्याइने प्रतिबद्धता व्यक्त गरेपछि महासंघले आन्दोलन स्थगन गरेको थियो ।

राष्ट्रिय सभामा नेकपाका सचेतक देवकोटाले महासंघसँग गरिएको प्रतिबद्धताअनुसार विधेयकमा संशोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । ‘महासंघसँग गरिएको प्रतिबद्धताअनुसार प्रतिपक्षसँगको सहमतिमा विधेयकमा आवश्यक संशोधनहरू गरिनेछ,’ उनले भने ।

नेकपाका तर्फबाट सचेतक देवकोटाले असार २३ मा महासंघले राखेको मिडिया काउन्सिलको गठन, स्वायत्तता र जरिवानालगायत सरोकारलाई संसदीय प्रक्रियाबाट सम्बोधन गरिने लिखित प्रतिबद्धता व्यक्त गरेका थिए । प्रतिपक्षी कांग्रेसले पनि उक्त विधेयकलाई संसद्मा अगाडि बढ्न नदिने भन्दै आएको हो । केही अगाडि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गराएको छलफलमा मन्त्री बाँस्कोटाले विधेयकलाई संशोधन गरेर जान प्रतिबद्धता जनाएपछि कांग्रेस लचिलो भएको हो ।

राष्ट्रिय सभामा कांग्रेसका मुख्य सचेतक सरिता प्रसाईंले सत्तारूढ दलका नेताहरू र मन्त्री स्वयंले गरेको प्रतिबद्धताप्रति विश्वास गरिएको बताइन् । ‘सत्तापक्षका नेताहरूले महासंघलाई लिखित प्रतिबद्धता व्यक्त गर्नुभएको छ, छलफलमा सञ्चारमन्त्रीले उक्त प्रतिबद्धताअनुसार विधेयकमा गरिने संशोधनलाई आफूले स्विकार्ने बताउनुभएको छ,’ उनले भनिन्, ‘त्यसलाई विश्वास गरेर जान खोजेका हौं । त्यसमा तलमाथि भयोभने प्रतिपक्षीले खेल्नुपर्ने भूमिका निर्वाह गर्न चुक्ने छैनौं ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।