२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा स्तम्भमा आधा काम, २ सय ६९ को मर्मतसम्भार



अ+ अ-

काठमाडौं । पाँच वर्ष अवधिमा नेपाल–भारत सीमा व्यवस्थापनमा आधा काममात्रै भएको छ। सन् २०२२ भित्र दुई देशबीच रहेको सीमांकन र सीमा विवाद टुंग्याउने लक्ष्य छ। सीमा व्यवस्थापन कार्य सन् २०१४ देखि सुरु भएको थियो।

नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले तोकिएको समयमा सकिनेमा आंशका व्यक्त गरे। ‘समयमा काम सम्पन्न हुने लक्षण छैन,’ उनले भने, ‘मर्मतसम्भार, नयाँ निर्माण देखि जीपीए प्रविधिबाट पुनस्र्थापना गर्नु छ, अबको तीन वर्षका कसरी काम सकिन्छ र रु विवादित क्षेत्र त धेरै छन्।’नेपाल–भारत सीमामा रहेका ८ हजार ५ सय ५४ सीमा स्तम्भमध्ये अझै ३ हजार ६ स्तम्भ पुनर्निर्माण हुन बाँकी छ। यस्तै १ हजार ३ सय १४ स्तम्भ मर्मत गर्न बाँकी छ। नापी विभागका अनुसार हालसम्म २ हजार ३५ सीमास्तम्भ पुनर्निर्माण सकिएको छ। यस्तै १ हजार ६ सय ९९ सीमा स्तम्भ मर्मत गरिएको छ।

सीमांकन थालिएको पाँच वर्षमा यस वर्ष सबैभन्दा धेरै काम भएको नापी विभागको दाबी छ। २०१८/१९ मा १ हजार १ स्तम्भ पुनर्निर्माण भएको छ भने २ सय ६९ को मर्मतसम्भार गरिएको छ। सरकारले इच्छाशक्ति देखाए दुई वर्षमै काम सकिने विभागका अधिकारी बताउँछन्।

दुवै देशका प्राविधिकले निरीक्षण गर्दा ५ सय सीमास्तम्भ भेटिएका छैनन्। तीनवर्षे निरीक्षणको काम गत वर्ष सकिएको थियो। ८ हजार ५ सय ५४ स्तम्भमध्ये निरीक्षणका क्रममा ८ हजार ५४ मात्रै भेटिएका हुन्। कतिपय स्तम्भ नदी र खोलाले बगाएका छन्। कतिपय नेपाली भूमि अतिक्रमण गर्ने नियतले हटाइएको प्राविधिकको आशंका छ। यसमा दुईपक्षीय वार्ता आवश्यक हुन्छ जसले गर्दा त्यहाँको समस्या समाधान सहज छैन। ‘नियत नै गलत राखिएर सीमा निकालिएको छ भने त्यसमा कसरी सम्बोधन गर्न सकिन्छ,’ एक अधिकारीले भने।

विवादरहित स्थानमा दुवै देशका टोलीले जोरबिजोरका हिसाबले स्तम्भ पुनर्निर्माण र मर्मत गरिरहेका छन्। नेपालले बिजोर र भारतले जोर नम्बरका स्तम्भको काम गरिरहेका हुन्। ‘पहिला दुवै देशका परराष्ट्र सचिवलाई जिम्मा दिइयो। उनीहरू चुप लागेर बसे,’ सीमा अध्येता श्रेष्ठले भने, ‘अनि प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को जिम्मा लगाए। त्यसको प्रतिवेदन अलपत्र छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।