८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार भण्डारीद्वारा लामिछाने विरुद्ध अर्को मुद्धा



अ+ अ-

काठमाडौं । न्यूज–२४ का पत्रकार रवि लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीद्वारा अर्को मुद्धा दर्ता भएको छ । न्यूज–२४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका लामिछाने विरुद्ध कञ्चनपुरका पत्रकार खेम भण्डारीले मिडिया काउन्सील नेपालमा उजुरी दर्ता गरेका छन् ।

उनले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त बलात्कार पछिको हत्याको विषयमा अतिरञ्जित गरेको भन्दै कार्बाहीको माग गरेका हुन् । पत्रकार भण्डारीले लामिछानेलाई पत्रकार आचार संहिता विपरित काम गरेको भन्दै मिडिया काउन्सिल समक्ष हदै सम्मको कार्बाहीको माग गरेका छन् ।

सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता लामिछाने ११ दिनको प्रहरी अनुसन्धान पार गर्दै चितवन जिल्ला अदालतको आदेश अनुसार पुडासैनी आत्महत्या प्रकरणमा ५ लाख धरौटी रकम बुझाएर छुटेका हुन् । पुडासैनी आत्महत्या प्रकरणमा अदालतले चाहेको समयमा उपस्थित हुनु पर्ने सर्त सहित उनी हिरासत मुक्त भएसँगै राजनीतिमा आउने संकेत गरेका छन ।

पत्रकार भण्डारीले मिडिया काउन्सीलमा दर्ता गराएको उजुरी पश्चात कार्यक्रम प्रस्तोता लामिछाने थप संकटले घेरिएका छन ।