२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी युनियन खोल्न नपाइने



अ+ अ-

काठमाडौं । प्रदेश र स्यानीय तहमा कर्मचारी युनियन खोल्न नपाइने भएको छ । सरकारले प्रदेश र स्थानीय तहका कर्मचारीले निजामती टेड्र युनियन खोल्न नपाउने गरी कानुन मस्यौदा तयार पारेको छ ।

संघीय मामिला तथा सामानइ प्रशासन मन्त्रालयले कर्मचारीका लागि सेवा गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी बनेको प्रस्तावित विधेयकको मस्यौदामा टेड्र युनियन खोल्न व्यवस्था उल्लेख नगरी कानुन मन्त्रालयमा रायका लागि पठाएको हो ।

मन्त्रिपरिषद् र अर्थ मन्त्रालयले प्रदेश र स्थानीय सेवा सम्बन्धी विधेयक तय गर्न संघीय मामिला मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइसकेका छन् । विधेयक संसदबाट पारित भए स्थानीय र प्रदेश सरकार अन्तरगत खटिने करिब ९० हजार कर्मचारी टेड्र युनियनका नाममा सक्रिय हुन पाउने छैनन् ।

पूर्वसचिव श्यामप्रसाद मैनालीले कर्मचारी टेड्र युनियन अधिकारमा राजनीतिकरण भएकाले यसलाई हटाउन नै उपयुक्त हुने बताउनुभयो । तर अन्तर्राष्ट्रिय सन्धि, सम्झौतामा नेपालले टेड्र युनियन अधिकार सम्बन्धी कानुनमा हताक्षर गरिसकेकाले प्रदेश र स्थानीय तहमा कटौती गर्दा त्यसको उल्लघंन हुने उहाँको भनाई छ । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।