२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्यातको तुलनामा आयात डरलाग्दो



अ+ अ-

काठमाडौं । मेची भन्सार नाका हुँदै हुने व्यापारमा आयात र निर्यातको अन्तर निकै ठूलो देखिएको छ । पूर्वी नाका काँकडभिट्टा हुँदै निर्यात भएका वस्तुको तुलनामा आयात भएका वस्तुको व्यावसायिक मूल्य उच्च छ । ‘आयात–निर्यातको अन्तर डरलाग्दो देखिएको छ,’ भन्सार अधिकृत भरतराज अधिकारीले भने, ‘व्यापार घाटाका दृष्टिले सबै भन्सार नाकाहरूको आयात निर्यातको अन्तर यस्तै देखिन्छ, यस नाका पनि फरक रहन सकेन ।’ गत आवमा काँकडभिट्टा नाका हुँदै नेपालबाट ९ अर्ब ७२ करोड २५ लाख रुपैयाँको मालवस्तु भारतलगायत तेस्रो मुलुकमा निर्यात भएको छ । यसमा नेपालको कृषिजन्य उत्पादन अलैँचीको हिस्सा सबैभन्दा बढी छ । कुल निर्यात रकममध्ये दुई अर्ब ९७ करोड रुपैयाँ हिस्सा अलैँचीको छ ।

मूल्यका हिसाबले आयातको अन्तर धेरै फराकिलो छ । भन्सार अधिकृत अधिकारीका अनुसार नेपालले काँकडभिट्टा नाका हुँदै ४६ अर्ब ८० करोड ५३ लाख मूल्यबराबरको सामान आयात गरेको छ । त्यसमध्ये १० अर्ब ३९ करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ मूल्यबराबरको क्लिंकर काँकडभिट्टा नाकाबाट नेपाल भित्रिएको छ । सिमेन्टमा नेपाल आत्मनिर्भर भए पनि कच्चा पदार्थ उपलब्ध नहुँदा बर्सेनि अर्बौं रुपैयाँ क्लिंकर खरिदमा बाहिरिने गरेको हो । काँकडभिट्टा नाकाबाट ७७ करोड रुपैयाँबराबरको सेटअप बक्स भित्रिएको छ ।

यस नाकाबाट १३ अर्बको कोइला नेपाल भित्रिएको भन्सारको तथ्यांक छ । ६५ करोड रुपैयाँबराबरको जुस नेपाल भित्रिएको छ । बंगलादेशबाट नेपाल भित्रिने जुसको आयात पनि अघिल्ला वर्षभन्दा गत आवमा घटेको भन्सार अधिकृत भरतराज अधिकारीले बताए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।