२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविले भने- म सञ्चारकर्ममै थप क्रियाशील हुन्छु



अ+ अ-

काठमाडौं । हिरासतबाट धरौटीमा छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई उनका समर्थकले स्वागत गरेका छन् । चितवन जिल्ला अदालतको आदेशमा रिहा भएका लामिछानेले समर्थकको साथ र मायालाई आत्मसात गर्दै सञ्चारकर्ममा नै थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लामिछाने र उनका सहकर्मी युवराज कँडेललाई स्वागत गर्न सयौँ समर्थक नारायणी नदी किनारमा भेला भएका थिए । आफ्ना पक्षमा बोल्ने समर्थकलाई मंगलबार दिउँसो दुई बजे लामिछानेले सभामा धन्यवाद दिए ।

मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म यस विषयमा सार्वजनिक रूपमा आफ्ना प्रतिक्रिया राख्न नपाउने भनेर अदालतले रोक लगाएपछि उनले समर्थकको भूमिका र खराब राजनीतिबारे मात्रै बोलेका थिए । आफूले खेपेको मुद्दाबारे अहिले बोल्न नमिले पनि यस्तै मुद्दाका अन्य पीडितबारे आवाज उठाउने उनको भनाइ छ ।

‘निमुखाको पक्षमा बोल्छु’
गरिब र बेसहारा नागरिकको पक्षमा आवाज उठाउन आफूमा शक्ति थपिएको लामिछानेले बताए । उनले मंगलबार नै घाइते समर्थकलाई अस्पतालमा गएर भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् । घाइतेको उपचार र पक्राउ परेका समर्थकको रिहाइको माग गरिने उनले प्रतिबद्धता पनि जनाए ।

जनप्रतिनिधिहरू इमानदार भए आफू सञ्चार क्षेत्रमै रहेर काम गर्ने बताए । ‘नीति निर्माणमा पुगेका मानिसलाई अझ बढी खबरदारी गर्दै जानेछौँ,’ उनले भने । कँडेलले पनि समर्थकले गरेको खबरदारी कहिल्यै नभुल्ने बताए । अदालतले आफूहरूलाई न्याय दिने विश्वास गर्दै उनले समर्थकको माया र साथबाट ऊर्जा मिलेको बताए ।

आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका लामिछानेलाई अदालतले पाँच लाख, कँडेललाई तीन लाख र अस्मिता कार्कीलाई साधारण तारेखमा सोमबार साँझ रिहा गरेको थियो । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा उनीहरूलाई चितवन प्रहरीले साउन ३० गते काठमाडौंबाट पक्राउ गरेर चितवन ल्याएको थियो ।

निषेधाज्ञा आदेश फिर्ता
जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १० गते बिहान ६ बजेबाट लागू गरेको निषेधाज्ञा आदेश भदौ १० गते मंगलबारको जिल्ला सुरक्षा समितिको बैठकले फिर्ता भएको जानकारी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नौ गते अदालतको आदेशका कारण लामिछानेका समर्थकले शान्ति भाँड्न सक्ने भनी लगाएको निषेधाज्ञा आदेश फिर्ता लिएको बताएका हुन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।