८ असार २०८३, सोमबार
,
Latest
सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

हल्कादेखि मध्यम वर्षाको सम्भावना



अ+ अ-

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर आंसिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्का तथा मध्यम वर्षा हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले अवको तीन दिन देशको धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो ।

मनसुनसँगै स्थानीय प्रणाली पनि विकसित भएकाले मेघगर्जन, हावाहुरी र चट्टयाङ्गसहित वर्षा हुने उक्त महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए। “यस समयमा छोटो अवधिमा भारी वर्षा पनि हुनसक्छ ।” उनले भने । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गदैँ मेघगर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकाले चट्टयाङ्गबाट बच्न सतर्कता अपनाउन आग्र्रह गरेको छ ।

देशको पीश्चमी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले यी स्थानमा यात्रा गर्दा सर्वसाधारणलाई सचेत रहन पनि अनुरोध गरिएको छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हावाहुरी चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मङ्गलबार देशभर आंसिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्टयाङ्ग पर्नाका साथै वर्षा हुने र पश्चिमी भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने बुधबार पनि देशभर आंसिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्याकाको न्युनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव आठ डिग्री सेल्सियस पुगेको छ ।