८ असार २०८३, सोमबार
,
Latest
सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादी विद्यार्थी युनियनको अध्यक्षमा श्रेष्ठ



अ+ अ-

काठमाडौं । तत्कालीन नयाँ शक्ति पार्टी र सङ्घीय समाजवादी फोरम एकतापछि बनेको समाजवादी पार्टीमा आबद्ध समाजवादी विद्यार्थी सङ्गठनको अध्यक्षमा रुपनारायण श्रेष्ठ चयन भएका छन् । ललितपुरमा आज आयोजित दुई विद्यार्थी सङ्गठन समायोजन कार्यक्रममा सर्वसम्मतिले श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति घोषणा गरेको छ ।

सङ्गठनको वरिष्ठ उपाध्यक्षमा रमेश यादव , उपाध्यक्षमा नेत्र चापागाईं, सुवास लाबुङ, राजेन्द्र ओली ‘विवेक’, रीता यादव, ईश्वर अधिकारी, विशाल आङ्दम्बे, टङ्क धमला, सञ्जय राई र दीपेश यादव चयन भएका थिए । महासचिवमा बरुण यादव र उपमहासचिवमा नेम्बर राई, सुष्मा देवकोटा, प्रकाश चाम्लिङ, बलबहादुर रम्तेल, रजनी श्रेष्ठ र दिनेश दङ्गाल छानिए ।

सचिवहरुमा अमोद यादव, भरत लिसानी, रामचन्द्र राई, रामबहादुर भण्डारी, सुजिव गिरी, रेशम सापकोटा, सुवास राई, रमानन्द शाह, मनिष यादव र हेमराज थापा तथा कोषाध्यक्षमा ओमनारायण यादव चयन भएका थिए । समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई र उपेन्द्र यादवलगायतले नव गठित कार्यसमितिका पदाधिकारीलाई शुभकामना दिएका थिए ।