८ असार २०८३, सोमबार
,
Latest
मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याङ्जामा डेङ्गुका एक बिरामी



अ+ अ-

वालिङ । स्याङ्जामा पनि डेङ्गुका एक बिरामी फेला परेका छन् । पोखरामा डेङ्गुका बिरामी फेला परिरहेका बेला नजिकैको बजार स्याङ्जामा पनि एक जनामा डेङ्गुको लक्षण भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो । उक्त कार्यालयका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेङ्गु फेला परेको थियोे ।

गत बिहीबार अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनको ल्याब परीक्षणका क्रममा डेङ्गु भेटिएको पुष्टि भएको उनले बताए । डेङ्गु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग विशेषगरी पोथी एडिज नामको लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्छ शुरुमा बिरामीको टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ तथा हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने डेङ्गुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने बताइएको छ ।

डेङ्गुबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी नराख्ने र सुत्दा झुल प्रयोग गर्न पनि सुझाव दिइएको छ ।