८ असार २०८३, सोमबार
,
Latest
रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सुवेदीको पाकेटमार पक्राउ



अ+ अ-

काठमाडौं– राजधानीको इन्द्रचोकबाट सांसद भावना सुवेदीको पाकेटमारी गर्ने कार्यमा संलग्न १९ वर्षीय निश्चल थिङलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका थिङ सर्लाही बरथहवा घर भई हाल राजधानीको मैतीदेबि बस्ने रहेको प्रहरीले जनाएको छ ।

चितवन निवासी सांसद भावना काम विशेषले गत साउन २६ गते इन्द्रचोक जाँदा भिडभाडमा थिङले सुबेदीले साथमा बोकेको झोलाबाट नगद ७ हजार ३००, परिचय पत्र एटीएम कार्ड, लगायत अन्य महत्वपूर्ण कागजातहरु समेत चोरेर फरार भएका थिए ।

सांसद सुवेदीले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा गौशालाबाट पक्राउ गरेको हो । थिङको बारेमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले जानकारी दिएका छन् ।