८ असार २०८३, सोमबार
,
Latest
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



अ+ अ-

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भ्एको छ भने अर्का १ व्यक्ति घाइते भएका छन् । जितपुरतर्फ जाँदै गरेको ना ४८ प १३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २२ प ८१६१ नम्बरको मोटरसाइकल सवैयामा ठोक्कर दिँदा दुर्घटना भएको हो ।

आइतबार साढे ९ बजे भएको दुर्घटनामा पर्सागढी नगरपालिका–३ बस्ने ३८ वर्षीय बागबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । दुर्घटनामा घाइते लामालाई गण्डक अस्पताल वीरगञ्जमा सामान्य उपचारपछि थप उपचारका लागि न्युरो अस्पताल वीरगञ्ज ल्याइएको थियो ।

त्यहीँ उनको उपचारका क्रममा सोमबार बिहान पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । दुर्घटनामा पर्सागढी–४ का २७ वर्षीय रवि साहलाई अहिले गण्डक अस्पताल, वीरगञ्जमा उपचार गराईरहेको छ ।