८ असार २०८३, सोमबार
,
Latest
सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी र प्रचण्डबीच एक घण्टाको भेटभाट



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारको लागि सिंगापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनको कार्यभार सम्हाली रहेका छन् । राजनीतिक भेटघाटको काम पनि अध्यक्ष दाहालबाट भईरहेको छ । यसै क्रममा नेकपा अध्यक्ष प्रचण्डले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग एक घण्टासम्म छलफल गरेका छन् । बिहान ९ बजे शितलनिवास प्रवेश गरेका प्रचण्ड १० बजेमात्र बाहिरिएका थिए ।

प्रचण्डले कार्यवाहक प्रधानमन्त्री एवम् पार्टीका अर्का प्रभावशाली नेता ईश्वर पोखरेलसँग पनि छलफल गरेको स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारी र कार्यवाहक प्रधानमन्त्री पोखरेलसँग के विषयमा कुराकानी भयो भन्नेबारे नखुले पनि प्रचण्डको सचिवालयले भने दुवै भेटघाटमा समसामयिक राजनीतिबारे छलफल भएको जनाएको छ ।