८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभुवन विमानस्थलमा चोरीः दुई चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । जहाजभित्रै चोरी गरेको आरोपमा त्रिभुवन विमानस्थलमा प्रहरीले दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई म र राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु छन् ।

टर्किस एयरलाइन्सबाट बुधबार काठमाडौं आएका उनीहरुले जहाजभित्रै डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई खबर प्राप्त भएअनुसार शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई चोरी भएको सुनको बाला दुई वटा र विभिन्न देशका मुद्रासहित पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाको विषयमा महागनरीय प्रहरी वृत्त, गौशालाले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ ।

डेराबाट नगद चोरी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एयरपोर्ट नजिक डेरा लिएर बस्ने ४५ वर्षीया गंगा गिरीको कोठामा चोरी भएको छ । शनिबार साँझ सुनका विभिन्न गहना र नगद ४ हजार रुपैयाँ समेत गरी करिब २ लाख ८४ हजार रुपैयाँ चोरी भएको हो ।

काठमाडौं–९ सिनामंगल डेरा गरी बस्ने सुन्दरीजल घर भएकी ४९ वर्षीया चन्दा तामाङको कोठाबाट पनि चोरी भएको प्रहरीले जनाएको छ । शनिबार साँझ सुनका विभिन्न गहना र नगद ५० हजार रुपैयाँ रुपैयाँ समेत गरी करिब २ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।