८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिउपज सङ्कलन केन्द्र स्थापना



अ+ अ-

हेटौँडा । कृषकलाई आफ्नो उत्पादन भण्डारण तथा बिक्री वितरणमा सहज बनाउन मकवानपुरको बकैया गाउँपालिकामा चिस्यान केन्द्र (कोल्ड स्टोर्स) सहितको कृषिउपज एवं तरकारी सङ्कलन केन्द्र स्थापना गरिएको छ । उक्त गाउँपालिकाले मर्सिकोर नेपाल, मकवानपुरस्थित बाल कल्याण समाज तथा स्थानीय जनश्रमदानसमेत गरी कूल रु २८ लाखको लागतमासो केन्द्र स्थापना गरेको हो ।

उक्त गाउँपालिकाको विभिन्न क्षेत्रका कृषिउपज सङ्कलन गरी बिक्री वितरणका लागि स्थापना गरिएकोे सो केन्द्रमा एक कोल्ड स्टोर, एक स्टोर हल र अर्को डिजिटल लाइब्रेरी सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ । भवन निर्माणका लागि बाल कल्याण समाजको सर्भे परियोजनाबाट रु १५ लाख, उक्त गाउँपालिकाबाट रु आठ लाख र जनश्रमबाट रु पाँच लाख गरी कूल रु २८ व्यहोरिएको थियो ।

गाउँमा कृषिउपज सङ्कलन केन्द्र निर्माण भएपछि स्थानीय कृषकलाई आफ्ना उत्पादन बजारसम्म पुर्याउन झञ्जट नहुने तथा धेर थोर उत्पादन पनि केन्द्रले नै खरीद गरेर बिक्री वितरण गरिदिने गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले बताए ।