८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मू कश्मीरबारे धारणा सार्वजनिक गर्न राष्ट्रियसभाका सदस्य देवको माग



अ+ अ-

काठमाडौं । राष्ट्रियसभाका सदस्य जितेन्द्रनारायण देवले नेपाल सरकारलाई जम्मू कश्मीरबारे धारणा सार्वजनिक गर्न माग गरेका छन् । छिमेकी मुलुकहरुले आआफ्नो धारणा सार्वजनिक गरिरहेका बेला नेपाल मौन बस्नु सफल कूटनीति नहुने भन्दै उनले राष्ट्रिय सहमतिका साथ धारणा सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।

‘परराष्ट्रमन्त्रीले नजिकबाट नियकाल्दैछौ भने । यो नियाल्ने काम कहिलेसम्म हुन्छ? आँट छ भने यो सरकारले बोलोस्’ उनले भने, ‘अनि कांग्रेसले आफ्नो प्रतिक्रिया दिन्छ ।’ पछिल्ला कार्यशैलीले सरकार उत्तरतिर फर्कने प्रत्यन्त गर्दैछ भन्ने सन्देश गएको भन्दै उनले नेपाललाई भविश्यमा समस्या पार्ने चेतावनी दिए ।

उनले भारतसँगको कूटनीतिक सम्बन्धमा असन्तुलन पैदा हुँदा पर्न सक्ने सामाजिक, राजनीतिक र आर्थिक असरबारे समयमै सोच्न आग्रह गरेका छन् ।