८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१८ च्याम्पियनसिप हेर्न रु २ सयको टिकट तोकियो



अ+ अ-

काठमाडौं । नेपालमा आयोजना हुने साफ यू–१८ च्याम्पियनसिप फुटबल प्रतियोगिता हेर्नका लागि २ सय रुपैयाँ टिकट दर तोकिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै टिकटको दर २०० रुपैयाँ तोकेको हो ।

प्रतियोगिता यही असोज तीनदेखि १२ गतेसम्म हलचोकस्थित एपीएफको खेल मैदानमा हुदैछ ।समूह ‘ए’ मा नेपालसँगै माल्दिभ्स र भुटान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा भने बंगलादेश, श्रीलंका र भारत रहेका छन् ।नेपालले असोज तीन गते आफ्नो उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ ।

त्यस्तै, समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले असोज पाँचमा भुटानसँग खेल्नेछ ।आयोजक नेपाल, भारत, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका रहेको प्रतियोगितामा सबै टिमको बन्दोबस्त पनि भइसकेको एन्फाले बताएको छ ।