८ असार २०८३, सोमबार
,
Latest
काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैन्य टकरावको खतरा: प्रधानमन्त्री खान



अ+ अ-

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मिरको विषयमा भारतसँग अब वार्ताको कुनै अर्थ नभएको बताएका छन् । उनले कश्मिरको विषयमा दुवै परमाणु शक्तिसम्पन्न राष्ट्रहरुबीच सैन्य टकरावको खतरा रहेको पनि बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ताका लागि धेरै कोसिस गरेपनि उनले अस्वीकार गरेको बताए । भारत प्रशासित कश्मिरको स्वायत्तता अन्त्य गरेको विषयलाई लिएर भारतको हिन्दु राष्ट्रवादी सरकार पाकिस्तानी प्रधानमन्त्रीको निशानामा छ ।

प्रधानमन्त्री खानले मोदी सरकारलाई ‘नाजी’ सरकारसँग तुलना गर्दै उसले कश्मिरमा नरसंहार मच्चाउनसक्नेसमेत आशंका गरेका छन् । पाकिस्तानले यस विषयलाई संयुक्त राष्ट्रसंघमासमेत उठाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कश्मिरको अवस्था ‘विस्फोटक’ रहेको बताएका छन् । भारतले भने यो विषय आफ्नो आन्तरिक मामिला भएको बताउने गरेको छ ।