८ असार २०८३, सोमबार
,
Latest
काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशमन्त्री एस जयशंकरको भेटबारे बाबुराम,कमल थापा र भिम रावलबीचको टिकाटिप्पणी



अ+ अ-

काठमाडौं । पूर्व प्रधानमन्त्रीहरूले भारतीय विदेशमन्त्री एस जयशंकरलाई गएर भेटेको विषयमा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाबीच सामाजिक सञ्जालमा रामाईलो कुराकानी चलेको छ । थापाले पूर्व प्रधानमन्त्रीहरूले कूटनीतिक मर्यादा बिर्सेर लम्पसारवादको नमूना पेस गरेको भनेपछि डा.भट्टराईले जवाफ दिएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईको जवाफ यस्तो छ, ‘सिसाको घरमा बस्नेले अर्काको झुपडीमा ढुंगा हान्नु हुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला । सुगौली सन्धियताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसँग देशको हितमा खुला सम्बन्ध राख्ने पक्षमा छौं ।’ पूर्वप्रधानमन्त्री भट्टराईको यस्तो बोलीको प्रहार पछि अध्यक्ष कमल थापा पनि जुरमुरीएर यस्को प्रतिउत्तरमा यसरी लेख्छन्,’फेरि एक पटक देउवा, भट्टराई र यादवले कूटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमूना पेस गरे ।’

खुला सम्बन्धको वकालत गरेका भट्टराईलाई थापाको अर्को जवाफ छ, ‘खुला मित्रतापूर्ण सम्बन्धबारे मेरो मित्रको धारणासँग सहमत छु । त्यस्तो सम्बन्ध समानता, स्वाभिमान र मर्यादाभित्र रहोस् र सुगौली सन्धिपछि धेरै लामो समय कायम आत्मसमर्पण अन्तहोस् भन्ने मेरो मान्यता हो । सम्मानित पूर्वप्रमले एक विदेशी मन्त्रीलाई उसकै होटलमा औपचारिक रूपमा भेटेको अलि सुहाएन कि ?’

टिक्का टिप्पणी यतिमै सिमित रहेन बरु सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले पनि भारतीय विदेशमन्त्रीसँगको भेटबारे टिप्पणी गरीहाले । उनले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीको भेटबारे ट्विटरमै प्रश्न उठाए । उनी लेख्छन्, ‘कूटनीतिक मर्यादाको वास्ता नगरी पूर्वप्रधानमन्त्री नेपाली कांग्रेस सभापतिलगायतका कतिपय नेपाली नेताहरू द्वन्द्वकालको पीडा सम्झाउने गरी भारतीय विदेश मन्त्रीलाई भेट्न एउटा होटलमा धाएको देख्दा स्वाभिमानी नेपालीको शीर निहुरिएको छ । यस्ता नेताहरूबाट राष्ट्रिय हित र स्वाधीनताको लागि के आशा गर्ने ?’