२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बालाकोट स्ट्राइक’ मा फिल्म बन्दै



अ+ अ-

विवेक ओबेरोयले बालाकोट स्ट्राइकमा फिल्म बनाउनको लागि अनुमति लिएको छ। यो फिल्म जम्मू कश्मीर, दिल्ली र आग्रामा शूटिङ हुने बताईएको छ । फिल्मको शुटिङ २०२० मा सुरु हुने आशा गरिएको छ । जम्मू–काश्मिरमा पुलवामा आतंकवादी हमला पछि बालाकोट एयरस्ट्राइकमा बहादुरीका लागि प्रख्यात भारतीय वायुसेनाका विंग कमांडर अभिनंदन वर्तमान भारत देशका लागि नायकभन्दा कम छैनन् ।

पाकिस्तानको चंगुलबाट बाहिर आएको र बहादुरीको चमत्कार प्रस्तुत गरेका अभिनन्दनले सरकारबाट वीरचक्र पनि प्राप्त गरेका हुन् । त्यसकारण अब बलिउडले भारतीय सैनिकहरूलाई श्रद्धांजली दिन फिल्म बनाउने निर्णय गरिसकेको छ। त्यसो त अभिनन्दनको योगदान पनि यसमा उल्लेख अवश्य हुनेछ ।

बलिउड अभिनेता विवेक ओबेरोयले एक फिल्म बनाउन अनुमति प्राप्त गरिसकेका छन् । फिल्म तीन भाषाहरू हिन्दी, तमिल, र तेलुगुमा बनाइने भएको छ ।