२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकी-चाबहिल सडक विस्तार हुने



अ+ अ-

काठमाडौँ । सरकारले चक्रपथअन्तर्गत कलंकी–चाबहिल खण्डको चक्रपथ विस्तार माघमा सुरु गर्ने भएको छ । पहिलो चरणमा रूख काट्ने, सडक क्षेत्र अतिक्रमण गरी बसेका घरटहरा र बिजुलीका पोल हटाउने काम सकिएपछि चीन सरकारले सडक निर्माण अघि बढाउने चक्रपथ विस्तार आयोजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए ।

केही दिनभित्रै २ हजार ५७ रूख काट्न सुरु गरिनेछ । ‘टेन्डर भइसकेको छ, अब काम सुरु हुन्छ,’ उनले भने, ‘केही दिनभित्रै रूख काट्न थाल्छौं ।’

चक्रपथभित्र करिब १ हजार ६७ र बाहिर ९ सय ९० वटा विभिन्न जातका रूख काटनुपर्नेछ । १ सयवटा बिजुलीका खम्बा हटाइसकिएको र बाँकी पनि तत्काल हटाइने रिमालले बताए । ढल, खानेपानी, विद्युत्, टेलिकमलगायत सबै निकायले साइट क्लियर गरिसकेको उनको भनाइ छ ।

‘स्थायी संरचना त्यति छैनन्,’ उनले भने, ‘सडक विस्तारमा खास समस्या छैन । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरेर चीनले काम थाल्छ ।’ तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त काम अघि बढाइनेछ ।

‘चिनियाँहरूले करिब खाका तयार गरिसकेका छन्, त्यसकारण डीपीआर बनाउन धेरै ढिलो हुन्न,’ उनले भने । कलंकी–चाबहिल (धोबीखोला) सम्म ११.६ किमि दूरी छ । चक्रपथको पहिलो खण्डका रूपमा कोटेश्वर–कलंकीसम्मको १० किमि सडक ८ लेनमा विस्तार भइसकेको छ । यो खण्ड विस्तारका लागि करिब ५ अर्ब रुपैयाँ खर्च भएको सडक विभागले जनाएको छ ।

दोस्रो चरणमा विस्तार हुने कलंकी–चाबहिल खण्डका दुवै किनार र बीचमा वृक्षरोपण गरिनेछ । विभिन्न स्थानमा आकाशेपुल, सोलार लाइट, ट्राफिक लाइट र फुटपाथको व्यवस्था हुनेछ ।

सीतापाइला, स्वयम्भू, वनस्थली, बालाजु, माछापोखरी, नयाँ बसपार्क, गोंगबु, सामाखुसी र बसुन्धारा, महाराजगन्ज, चप्पल कारखाना र सुकेधारामा आकाशेपुल बनाइनेछ । सडक विस्तारका लागि करिब ६ अर्ब लाग्ने अनुमान छ । तेस्रो चरणमा चाबहिल–कोटेश्वर ७ किमि खण्ड विस्तार गरिनेछ ।

चाबहिल–गौशालाको करिब १.३ किमि सडक विस्तार कार्य निकै संवेदनशील भएको विभागले जनाएको छ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिर रहेकाले यो खण्डमा विकल्प खोज्ने हो कि भन्ने सोचाइ रहेको विभागका एक अधिकारी बताउँछन् ।

‘केही समस्या भएकाले चाबहिल–कोटेश्वर खण्ड नेपाल सरकारले नै विस्तार गर्नुपर्छ भन्नेछ,’ ती अधिकारीले भने । चाबहिल–गौशाला क्षेत्रमा फ्लाई ओभर वा अन्डरपास वे जुन उपयुक्त विकल्प हुन्छ, त्यसको विस्तृतअध्ययन गरिने ती अधिकारीले बताए ।

पूरै चक्रपथ विस्तार गर्न झन्डै २५ अर्ब लाग्ने विभागको अनुमान छ । २७.२ किमि लम्बाइ रहेको चक्रपथको चौडाइ १५ मिटरबाटबढाएर ५० मिटर बनाइँदै छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।