८ असार २०८३, सोमबार
,
Latest
कालीकोटकाे रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस रणनीतिक कमजोरी नसुध्रिँदा एफएटीएफको ग्रे लिस्टबाट बाहिरिन सकेन नेपाल सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वटा वडामा एउटै सचिव



अ+ अ-

घोडाघोडी । कैलालीको घोडाघोडी नगरपालिकामा कर्मचारीको अभाव हुँदा एउटै सचिवले तीन वडामा सेवा दिनुपर्ने बाध्यता छ । एउटा वडा सचिवले फरक फरक वडामा गएर सेवा दिँदा आफूलगायत स्थानीयवासीलाई समस्या हुने गरेको वडा नं ३ का वडा सचिव होमप्रसाद रिजालको भनाइ थियो ।

एउटै सचिवले तीन वटा वडामा सेवा दिनु परेका कारण घोडाघोडी नगरपालिकाका वडाहरूको काम अस्तव्यस्त पाइएको छ । वडा सचिवहरूले दिन बिराएर सेवाग्राहीलाई सेवा दिइरहनु परेको छ । सेवाग्राहीहरूलाई कुन वडामा कुन बार सचिव आउने जानकारी नहुँदा निकै सास्ती हुने गरेको छ ।उक्त नगरपालिका–५ का सचिव होमप्रसाद रिजालले वडा नं ३ र ७ नंको पनि काम गरी रहेका छन् ।

त्यस्तै ४ र ९ को जिम्मेवारी हेमकान्त सुवेदी, २ र ६ को जिम्मेवारी विष्णुप्रसाद चौधरीले र वडा नं १० र ११ को जिम्मेवारी धनीराम चौधरीले बहन गरी राख्नुभएको छ । नगरपालिकाको वडा नं १, ८ र १२ मा वडा सचिव भए पनि बाँकी वडामा भने २ देखि ३ वडाको जिम्मेवारी एउटै सचिवले लिनुपर्ने बाध्यता रहेको स्वीकार गर्दै अब छिट्टै यो समस्या समाधान गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रबहादुर सिंहले बताए।