२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०१९ को सर्वाधिक कमाई गर्ने: द रक पहिलो, अक्षय कुमार चौँथो



अ+ अ-

रेसलरबाट अभिनेता बनेका ड्वेन जॉनसन (रक) जो द रक भनेर चिनिन्छन, विश्वको सर्वाधिक कमाउने अभिनेता बनका छन् । फोर्ब्स २०१९ का अनुसार गत वर्ष दोस्रो स्थानमा रहेका ड्वेनले कमाईको सन्दर्भमा यस वर्ष जर्ज क्लूनीलाई हराउँदै पहिलो स्थानमा पर्न सफल भएका छन । यसै समयमा, बलिउड अभिनेता अक्षय कुमारको नाम यस सूचीमा चौथो नम्बरमा रेकर्ड गरिएको छ ।

भर्खरै जारी गरिएको फोर्ब्स म्यागजिन सूचीमा ड्वेन सबैभन्दा बढी तलब पाउने कलाकारहरूको शीर्ष सूचीमा परेका हुन् । जुमान्जी र फास्ट एण्ड फ्यूरियस जस्ता एक्शन मसाला फिल्महरूमा काम गरेपछि ड्वेन दर्शकहरूको बीचमा धेरै लोकप्रियता कमाएका हुन् । रिपोर्टका अनुसार ड्वेनेले जून २०१८देखि जून २०१९ सम्म गत एक वर्षमा ८९.४ मिलियन डलर कमाएका छन् ।

त्यस्तै, फोर्ब्सको सर्वाधिक भुक्तानी हुने कलाकारहरूको सूचीमा बलिउड अभिनेता अक्षय कुमार चौथो स्थानमा पर्न सफल भएका छन् । उनको कुल आय ६५ मिलियन डलर भनिएको छ । अक्षय पछि, अभिनेता ज्याकी चान पनि ५८ मिलियन डलरको साथ शीर्ष १० स्थानमा परेका छन् ।

१५ अगस्टमा रिलिज भएको अक्षय कुमारको मिसन मंगलले पनि राम्रो कमाई गरेको छ । साथै उनको केसरी चलचित्रले पनि बक्स अफिसमा सुपरहिट साबित भएको हो ।