८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा यात्रुवाहक बस बन्धक बनाउने व्यक्ति मारिए



अ+ अ-

काठमाडौं । ब्राजिलका सैनिक प्रहरीले रिओ दि जेनेरोमा एउटा यात्रुवाहक बस तीन घण्टासम्म कब्जामा लिने व्यक्तिलाई आफूहरूले मारिदिएको बताएका छन्।

एउटा ट्विटर सन्देशमा प्रहरीले एकजना निसानेबाजले बस अपहरणकर्तालाई मारिदिएपछि बन्धक बनाइएका व्यक्तिहरू रिहा भएको जनाएका छन्।

स्थानीय सैनिक प्रहरीका एकजना प्रवक्ताले ती अपहरणकर्तामाथि बसको ढोका छेउमा एकजना बन्धकको टाउकोमा हतियार जस्तो देखिने सामग्री तेर्साएर उभिएको अवस्थामा निसानेबाजले गोली चलाएको जनाकारी दिए।

उक्त व्यक्तिले बोकेको बन्दुक नक्कली भएको खुलेको छ।त्यसअघि नै बसका ६ जना यात्रुहरू रिहा भएका थिए।सैनिक प्रहरी, एम्बुलेन्सहरू र एउटा विशेष कारबाही दस्ताका सुरक्षाकर्मीहरू घटनास्थल पुगेका थिए।त्यो बसमा एक दर्जनभन्दा बढी यात्रु सवार रहेको ठानिएको छ।