२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीकोटका १८ हजार बालबालिकालाई मोडर्ना खोप दिइने



अ+ अ-

मान्म । कालीकोटमा १८ हजारभन्दा बढी बालबालिकालाई कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको छ । यहाँका १२ देखि १७ वर्ष उमेर समूहका १८ हजार १६७  बालबालिकालाई पहिलो मात्राको कोरोना भाइरसविरुद्धको मोडर्ना खोप दिइने भएको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाका नौ वटा स्थानीय तहमध्ये शुभकालिका गाउँपालिकामा एक हजार ७२२, महावैमा दुई हजार ७९, नरहरीनाथमा तीन हजार ६९६, पचालझरनामा दुई हजार ९१, पलाँतामा दुई हजार ७७७ र सान्नी त्रिवेणी गाउँपालिकामा दुई हजार ५०७ तथा खाँडाचक्र नगरपालिकामा तीन हजार ५४४, रास्कोटमा तीन हजार ३०३ र तिलागुफा नगरपालिकामा दुई हजार ८९२ गरी कूल २४ हजार ६११ जना ती समूहका बालबालिका रहेका छन् । तीमध्ये पहिलो मात्राको खोप १८ हजार १६७ जना बालबालिकालाई दिने लक्ष्य रहेको जिल्ला जनस्वास्थ्य कार्यालय कालीकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले जानकारी दिनुभयो ।

“जिल्ला शिक्षा विकास समन्वय इकाइ कालीकोटको दिएको डाटाअनुसार २४ हजार ६११ जना बालबालिका रहेका छन्”, उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखाले १८ हजार १६७ बालबालिकालाई मोडर्ना खोप दिने लक्ष्य दिएको छ । यकीन तथ्याङ्क पालिकाबाट फेरि मागेका छौँ ।”

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा हालसम्म सञ्चालित कोभिडविरुद्धको खोप अभियानको समीक्षा तथा आगामी पुस महिनाको १२–१४ गते सञ्चालन हुने १२ वर्षदेखि १७ वर्ष उमेर समूहका लागि मोडर्ना खोप अभियान सञ्चालन सम्बन्धमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

खोपसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको र खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँगाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने निमित्त व्यवस्थापक महतले बताउनुभयो । मोडर्ना खोप जिल्लाका नौ वटै स्थानीय तहका १२० भन्दा बढी खोप केन्द्रमा उपलब्ध हुने उहाँको भनाइ छ । रासस