८ असार २०८३, सोमबार
,
Latest
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली झापामा सर्पदंशबाट वृद्धाको मृत्यु विश्वकप फुटबल २०२६ : इजिप्ट समूह जीको शीर्ष स्थानमा नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’ बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत सागम र लप्से गाउँमा खानेपानीको पहुँच लागुऔषधसहित वडासदस्य जैरू पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनबाट आयुर्वेद शिक्षा लिन बार्षिक १ हजार बिद्यार्थी नेपाल आउने



अ+ अ-

काठमाडौ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धी नयाँ पाठ्यक्रममा बनाएपछि चिन सरकारले चासो व्यक्त गरेको छ ।


चाईनाको China Dialectical associations का अध्यक्ष तथा बेइजिङ नर्मल युनिभर्सिटीका प्रोफेसर प्रो लिउ सिआओ थिङले शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसंग भेटगरी योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय अध्ययनको लागी चिन सरकारले बार्षिक १ हजार बिद्यार्थी पठाउने ईईच्छा व्यक्त गरेका छन् ।

नेपाल सरकारसंगको सहमतिमा बार्षिक १ हजारको संख्यामा बिद्यार्थी पठाउन चिन सरकार तयार रहेको प्रोफेसर थिङले जानकारी दिए। हिजोदेखी काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा जारी माक्र्सवाद र एसियाली दर्शन अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुन आउनुभएका प्रोफेसर थिङ मन्त्री पोखरेल भेट्न आज सिहंदरबार स्थित मन्त्रालय आएका थिए ।भेटको क्रममा नेपाल योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी सम्बन्धि अध्ययन गर्न उपयुक्त देश भएकोले आफुहरु सहयोग गर्न तयार रहेको थिङले प्रष्ट पारे ।

China Dialectical associations चीन सरकारको उच्च तहको निकाय हो ।
भेटको क्रममा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी पाठ्यक्रम आफ्नो चासोको बिषय भएकोले तुरुन्तै आवश्यक छलफल र तयारी गरि पाठ्यक्रम लागू गर्ने बताए । उनले China Dialectical associations र चिन सरकारलाई धन्यवाद ज्ञापन गर्दै सहकार्य को अपेक्षा गरिएको
बताए ।

मन्त्री पोखरेलले योग, प्राकृतिक चिकित्सा, आयुर्वेद तथा जडिबुटी बिषय देशको अहिलेको आवश्यकताको बिषय भएको प्रष्ट पार्दै गुणस्तरीय शिक्षा दिने विश्वास दिलाए ।