२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तकोशी बाढी पीडितहरुलाई क्षतिपूर्ति दिलाउन प्रदेश सरकारले पहल गर्ने



अ+ अ-

विराटनगर । प्रदेश १ सरकारका प्रवक्ता आन्तरीक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले सप्तकोशीको बाढीले घरखेत गुमाएका पीडितहरु उचित क्षतिपूर्ति र यथोचित बसोबासको व्यवस्थाका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् ।

मन्त्री कार्कीले कोशी सम्झौताअनुसार भारतले पीडित परिवारलाई मुआब्जा र क्षतिपूर्ति रकम उपलब्ध गराउने बारेमा संघीय सरकारको क्षेत्राधिकारभित्र पर्ने भए पनि प्रदेश सरकारले पनि त्यसका लागि संघीय सरकारसँग आवश्य समन्वय गर्ने बताए ।

मन्त्री कार्कीले केही महिना अघिमात्र दुई देशका अधिकारीबीच पीडितलाई क्षतिपूर्ति वितरणका लागि तथ्याङक संकलनका लागि समितिसमेत गठन भइसकेकाले अब यो समस्या चाँडै हल भएर जानेमा आफू विश्वस्त रहेको बताए ।

मन्त्री कार्कीका अनुसार कोशी तटमा ७ हजार ६ सय ८३ विघा जमीन कोशीले कटान गरेका कारण धेरै घरपरिवार बिस्थापित भएका थिए ।