२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिल्पालाई पक्राउ नगर्न सर्वोच्चकाे आदेश



अ+ अ-

काठमाडौं : सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आइतबार अन्तरिम आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको एकल इजलासले भदौ १५ गतेसम्मका लागि पक्राउ नगर्न प्रहरीलाई आदेश दिएको हो।

सर्वोच्चले भदौ १५ गते दुबै पक्षबीच छलफल गराउने भएको छ। त्यसपछि मात्र पक्राउ गरी अनुसन्धानका लागि थुनामा राख्न मिल्ने नमिल्ने विषयमा टुंगो लाग्नेछ।

बहुविवाहसम्बन्धी जाहेरीका आधारमा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट प्रहरीलाई पक्राउ अनुमती दिइएको थियो।

चलचित्र निर्माता छवि ओझाकी जेठी पत्नी हेमाले महानगरीय प्रहरी वृत्त गौशालामा छवि र शिल्पाविरूद्ध बहुविवाहमा जाहेरी दिएकी थिइन्। तल्लो अदालतले पक्राउ गर्न प्रहरीलाई अनुमति लिएपछि त्यसविरुद्ध उच्च अदालत पाटन गएकी थिइन्।

उच्चले पनि जिल्ला अदालतको आदेशको पक्षमा निर्णय दिएपछि शिल्पाले सर्वोच्चमा निवेदन दिएकी हुन्।