२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई राम्रो काम गरेर दर्शकको मन जित्नुपर्छ भन्ने मात्र हो: अनुप शाही



अ+ अ-

काठमाडौं । अनुप विक्रम शाहीलाई दर्शकले खलनायकको रुपमा मन पराएपनि नायकको रुपमा स्विकार गर्न सकेका छैनन् । बक्स अफिसमा उनले अभिनय गरेका चलचित्र सफल हुन सकेका छैनन् । उनले चलचित्र फ्लप वा हिट हुनु कलाकारको काँधमा नहुने र कलाकारले पाएको स्क्रिप्टमा राम्रो काम गर्ने हो भन्ने बताएका छन् ।

चलचित्र राम्रो हुन टिम र स्टोरी नै राम्रो हुनुपर्छ भन्ने उनको भनाई रहेको छ । चलचित्र क्षेत्रमा ठुलो ब्यानर र सानो ब्यानर भन्ने कुरा मिथ्या भएको अनुपको भनाई छ । अनुपले अहिले ठुलो ब्यानर र सानो ब्यानर भन्ने चलन आएको रहेछ तर, आफु यो कुरालाई नमान्ने पनि बताएका छन् ।

यसैगरी आफु साना बजेटका चलचित्रबाट दुःख गरेर आएको हुनाले आफुलाई यस्ता ठुलो र सानो भन्ने थाहा नै नभएको भन्छन् । उनले भने,’मलाई राम्रो काम गरेर दर्शकको मन जित्नुपर्छ भन्ने मात्र हो ।’ जबसम्म दर्शकको साथ रहन्छ तबसम्म राम्रो काम गर्न प्रयास गर्ने अनुप बताउँछन् ।