२३ जेष्ठ २०८३, शनिबार
,
Latest
३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुबाट ४० को मृत्यु



अ+ अ-

ढाका । डेंगुका कारण सन् २०१९ मा ४० जनाको मृत्यु भएको बंगलादेशको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारी आयेशा अख्तरका अनुसार बंगलादेशमा डेंगुको आशंकामा हजारौँ विरामी भर्ना भएपछि अस्पतालहरूले उनीहरूको उपचार सेवामा समेत असहज महसुस गरेको बताएका छन्।

लामखुट्टेको टोकाइबाट हुने भाइरल संक्रमण डेंगु रक्तस्रावी ज्वरोको रूपमा विकसित हुने गर्छ। यो सामान्यतया दक्षिण एशियाली मुलुकहरूमा जुनदेखि सेप्टेम्बरमा देखा पर्ने गरेको छ। यो वर्ष डेंगु एशियाली केही मुलुकमा जटिल समस्याका रूपमा देखा परेको छ। बंगलादेशमा गत जनवरीदेखि सोमबारसम्म ४४ हजार विरामी डेंगुको आशंकामा अस्पताल भर्ना भएका छन्। सोमवार मात्रै बंगलादेशका विभिन्न अस्पतालमा २ हजार १ सय विरामी भर्ना भएको आयेशाले बताए।

उनले एएफपीसँग भने, ‘मन्त्रालयले यो वर्ष अहिलेसम्म ४० डेंगु सम्बद्ध विरामीको मृत्यु भएको पुष्टि गरेको छ।’ बंगलादेशी सञ्चारमाध्यमले डेंगुका कारण गत सातासम्म १ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको बताएका थिए।

बंगलादेशमा एक साता लामो इद–अल–आधा मनाउन लाखौँ नागरिक शहरबाट गाउँ भित्रिने हुँदा रोग थप फैलिनसक्ने भन्दै अधिकारीले चासो व्यक्त गरेका छन्। यद्यपि स्वास्थ्यमन्त्रीले भने डेंगुको संक्रमण ‘विस्तारै घट्दै गएको’ ढाकामा आयोजित एक कार्यक्रममा बताएका छन्।

‘बंगलादेशमा डेंगुको समस्याप्रति बढेको चासोसँगै सरकारले सबै स्वास्थ्यकर्मीलाई बिदा रद्द गरी संकट साम्य पार्न पहल गर्न सघाउन आग्रह गरेको छ’, स्वास्थ्य मन्त्रालयका महानिर्देशक अबुल कलाम अजादले भने। ‘विरामीको चापसँगै कामको चापलाई कम गर्न चिकित्सकलाई जटिलता देखिएको छ’, एक स्वास्थ्य अधिकारीले एएफपीलाई बताए। –एएफपी