७ असार २०८३, आईतवार
,
Latest
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा आइतबार पनि दशौं हजारले प्रदर्शन गरे



अ+ अ-

हङकङ । अधिक स्वतन्त्रता र प्रजातन्त्रको माग गर्दै हङकङमा आइतबार पनि दशौं हजारले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले हङकङको ठाउँठाउँमा प्रदर्शन गरेका हुन् ।

प्रहरीले प्रदर्शनलाई गैरकानूनी भनेपनि प्रदर्शनकारी सडकमा उत्रेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच हङकङका विभिन्न स्थानमा झडप भएको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीले प्रदर्शनकारीलाई लक्षित गर्दै अश्रुग्यास र रबरको गोली प्रहार गरेको र जवाफमा प्रदर्शनकारीले आगजनी, तोडफोड र ढुङ्गामुढा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यसबाहेक प्रदर्शनकारीहरु तीन दिनयता हङकङको अन्तर्राष्ट्रिय विमानस्थलमा शान्तिपूर्ण धर्नामा बसिरहेका छन् ।