७ असार २०८३, आईतवार
,
Latest
राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा बालिका बलात्कार गरेको अभियोगमा १ जना पक्राउ



अ+ अ-

भक्तपुर । नातिनी उमेरकी एक बालिकालाई डरधम्की देखाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका– १ दधिकोट तर्खर्गालमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले ५२ वर्षीय तीर्थराज न्यौपानेलाई आज पक्राउ गरेको हो ।

छिमेकी नातिनी उमेरकी बालिकालाई पटक पटक दुव्र्यवहार गरेको र पछि बलात्कार गरेको उजूरी परेपछि महानगरीय प्रहरी वृत्त थिमीले पक्राउ गरी अनुसन्धान शुरु गरेको नायब उपरीक्षक शान्तिराम कोइरालाले जानकारी दिए ।

पीडित बालिकाको भक्तपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको उनले बताए । आज म्याद थप गरी आवश्यक अनुसन्धान र कारवाही अगाडि बढाउने प्रहरीको भनाइ छ ।